काठमाडौं । नयाँ नेतृत्व चयनका लागि नेपाल क्रिकेट संघ (क्यान)को निर्वाचन आज हुँदै छ । निर्वाचनले क्यानको नयाँ कार्यसमिति चयन गर्नेछ ।
चार वर्षे कार्यकालका लागि अध्यक्षमा चतुरबहादुर चन्द र विनय राजभण्डारीले उमेदवारी दिने घोषणा गरेका छन् ।
सचिवमा चन्द प्यानलबाट पूर्वकप्तानसमेत रहेका पारस खड्काले उमेदवारी दिने घोषणा गरेका छन् ।
क्यानको निर्वाचनमा ८५ मतदाता हुने भएका छन् । क्यानको विधानअनुसार एक जिल्लाबाट एक प्रतिनिधिमात्र निर्वाचनमा सहभागी हुन पाउँछन् । तर, झापाबाट दुई प्रतिनिधि आएपछि शुक्रबारको साधारणसभाले झापाको मताधिकार नै खारेज गरिएको हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०६ असोज २०८०, ०७ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्यान नेतृत्वमाथि लागेको आरोपबारे स्पष्टीकरण माग्दै राखेपको पत्र
क्यानमाथि कारबाही प्रक्रिया अघि बढाउन राखेपलाई मन्त्रालयको निर्देशन
ओमानसँगको खेलको लागि नेपाल ‘ए’ टोलीको घोषणा
महिला क्रिकेट विकासका लागि आइसीसी अनुदानबाट ५ लाख डलर खर्च गर्ने क्यानको निर्णय
क्यानलाई एनपीएलबाट २७ करोड ६९ लाख आम्दानी
क्यानको बोर्ड बैठक बिहीबार बस्दै, एनपीएलको तयारीबारे छलफल हुने