काठमाडौं । नयाँ नेतृत्व चयनका लागि नेपाल क्रिकेट संघ (क्यान)को निर्वाचन आज हुँदै छ । निर्वाचनले क्यानको नयाँ कार्यसमिति चयन गर्नेछ ।
चार वर्षे कार्यकालका लागि अध्यक्षमा चतुरबहादुर चन्द र विनय राजभण्डारीले उमेदवारी दिने घोषणा गरेका छन् ।
सचिवमा चन्द प्यानलबाट पूर्वकप्तानसमेत रहेका पारस खड्काले उमेदवारी दिने घोषणा गरेका छन् ।
क्यानको निर्वाचनमा ८५ मतदाता हुने भएका छन् । क्यानको विधानअनुसार एक जिल्लाबाट एक प्रतिनिधिमात्र निर्वाचनमा सहभागी हुन पाउँछन् । तर, झापाबाट दुई प्रतिनिधि आएपछि शुक्रबारको साधारणसभाले झापाको मताधिकार नै खारेज गरिएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०६ असोज २०८०, ०७ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्यानलाई एनपीएलबाट २७ करोड ६९ लाख आम्दानी
क्यानको बोर्ड बैठक बिहीबार बस्दै, एनपीएलको तयारीबारे छलफल हुने
क्यानको कार्यशैलीप्रति ८ बोर्ड सदस्यले जनाए असन्तुष्टि
आरिफ घाइते नभएको क्यानको प्रष्टोक्ति
क्यानले सार्वजनिक गर्यो वार्षिक क्यालेण्डर
सन्दीप लामिछानेलाई क्यानले गर्यो कारबाही