काठमाडौं । सरकार र तीन दिनदेखि काठमाडौंमा आन्दोलरत शिक्षकहरुबीच ६ बुँदे सहमति भएको छ। शुक्रबार अपरान्ह भएको चौथो चरणको वार्ताबाट दुवै पक्षबीच ६ बुँदे सहमति बनेको हो।
सहमतिकाे ड्राफ्टलाई पूर्णता दिने काम भइरहेको सरकारकी प्रवक्ता रेखा शर्माले बताइन्।सहमतिअनुसार नेपालका सार्वजनिक विद्यालयमा अध्यापनरत शिक्षकहरुको मर्यादाक्रम कायम गर्ने, विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा भएका व्यवस्थाहरुमा संसदको सार्वभौमिकतालाई सम्मान गर्दै संसदीय प्रणाली, अभ्यास र संघीय संसद सञ्चालनसम्बन्धी मौजूदा विधि बमोजिम प्रक्रिया अगाडि बढाउन सहजीकरण गर्नेलगायतमा सहमति जुटेको छ ।
वार्तामा उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक राई र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङ सहभागी थिए।
आन्दोलनरत महासंघको तर्फबाट अध्यक्ष कमला तुलाधर, महासचिव लक्ष्मीकिशोर सुवेदी, आन्दोलन परिचालन समिति संयोजक नानुमाया पराजुली, नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन र एकीकृत अखिल नेपाल शिक्षक संगठनका प्रतिनिधि थिए।
विभिन्न माग राख्दै देशभरका शिक्षकहरु बुधबारदेखि काठमाडाैंकेन्द्रीत आन्दाेलनमा सहभागी भएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०५ असोज २०८०, १८ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीद्वारा पशुपतिनाथको दर्शन एवं पूजाआराधना
मुलुकमा कुनैपनि नाममा हुने हिंसा, तोडफोड, लुटपाट र धम्की स्वीकार्य हुँदैनः गृहमन्त्री अर्याल
निर्वाचित प्रतिनिधि सभालाई सरकार हस्तान्तरण गर्छौँ र आ–आफ्नो घर फर्कन्छौँः प्रधानमन्त्री कार्की
जाडो याममा ग्यास संकटः उपत्यकामा फेरि पुरानै दृश्य
सुशीला कार्कीको राष्ट्रिय सभामा सम्बोधनबारे सांसदहरुः ठोस कुरा आएन
निर्वाचन सहज ढंगबाट सम्पन्न हुन्छः प्रधानमन्त्री