काठमाडौं । सरकार र तीन दिनदेखि काठमाडौंमा आन्दोलरत शिक्षकहरुबीच ६ बुँदे सहमति भएको छ। शुक्रबार अपरान्ह भएको चौथो चरणको वार्ताबाट दुवै पक्षबीच ६ बुँदे सहमति बनेको हो।
सहमतिकाे ड्राफ्टलाई पूर्णता दिने काम भइरहेको सरकारकी प्रवक्ता रेखा शर्माले बताइन्।सहमतिअनुसार नेपालका सार्वजनिक विद्यालयमा अध्यापनरत शिक्षकहरुको मर्यादाक्रम कायम गर्ने, विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा भएका व्यवस्थाहरुमा संसदको सार्वभौमिकतालाई सम्मान गर्दै संसदीय प्रणाली, अभ्यास र संघीय संसद सञ्चालनसम्बन्धी मौजूदा विधि बमोजिम प्रक्रिया अगाडि बढाउन सहजीकरण गर्नेलगायतमा सहमति जुटेको छ ।
वार्तामा उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक राई र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङ सहभागी थिए।
आन्दोलनरत महासंघको तर्फबाट अध्यक्ष कमला तुलाधर, महासचिव लक्ष्मीकिशोर सुवेदी, आन्दोलन परिचालन समिति संयोजक नानुमाया पराजुली, नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन र एकीकृत अखिल नेपाल शिक्षक संगठनका प्रतिनिधि थिए।
विभिन्न माग राख्दै देशभरका शिक्षकहरु बुधबारदेखि काठमाडाैंकेन्द्रीत आन्दाेलनमा सहभागी भएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०५ असोज २०८०, १८ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाको माग : विदेशमा रहेका नेपालीलाई पनि मतदान अधिकार सुनिश्चित गर्न सरकारसँग आग्रह
सरकार जेन जेडबीच भएको १० बुँदे सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता
सरकार र जेन जेडबीच सम्झौतामा हस्ताक्षर हुँदै
व्यवसायीद्वारा कर्णाली सरकारलाई ११ बुँदे ध्यानाकर्षण पत्र हस्तान्तरण
नेपाली नर्सहरू विदेशतिर आकर्षित, स्वदेशमै गुणस्तरीय शिक्षाको अभाव
‘जेन–जी सहिद दिवस’ भदौ २३ गते मनाइने