काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ । पार्टी कार्यालय सानेपामा आज दिउँसो १ बजे बैठक बस्न लागेको हो । बैठकमा समसामयिक राजनीति, आन्तरिक पार्टी संरचनालगायत विषयमा छलफल हुने कांग्रेसम मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।
बैठकमा साउन २०–३० सम्म भएको पार्टीको आन्तरिक विशेष अभियान, पोलिसी ह्याकाथन र बीपी साहित्य महोत्सवको समीक्षा हुने छ । आन्तरिक विशेष अभियानमा कांग्रेसले ७७ जिल्लामै केन्द्रीय प्रतिनिधि खटाएको थियो । कांग्रेसले युवालाई नीति निर्माणमा जोड्ने उद्देश्यले ‘गिग इकोनोमी’ र ‘क्लाइमेट एक्सन’ विषयमा पोलिसी ह्याकाथन आयोजना गरेको थियो ।
कांग्रेसले भदौ ९ मा पोलिसी ह्याकाथनबाट तीन उत्कृष्ट अवधारणा छनोट गरेको थियो । यस्तै कांग्रेसले भदौ २४ र २५ तथा असोज ३ गते भव्यताका साथ बीपी साहित्य महोत्सव बनाएको थियो ।
यसका साथै बैठकले महासमिति बैठकको एजेण्डा तय गर्नेछ । कांग्रेसले आगामी मंसिर १३, १४ र १५ गतेका लागि महासमिति बैठक बोलाएको छ । २०७८ मंसिर–पुस सम्पन्न १४ औं महाधिवेशनमा नेतृत्व मात्र चयन गरेको कांग्रेसले आगामी महासमिति बैठकमाथि नीति तय गर्नेछ ।
कांग्रेसले असोज ४ बाट सुरु हुने केन्द्रीय समिति बैठकलाई महासमिति बैठकको तयारीका रुपमा लिएको छ । महासमिति बैठकमा प्रस्तुत हुने राजनीतिक, सांगठनिक, आर्थिक लेखा लगायतका विविध प्रतिवेदनमाथि केन्द्रीय समिति बैठक केन्द्रित हुने ती पदाधिकारीले बताए ।
ती पदाधिकारीका अनुसार केन्द्रीय समिति बैठक पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको निरन्तरताको पक्षमा उभिने छ । नेता शेखर कोइरालाले सरकारको विकल्प खोज्नुपर्ने बताउँदै आएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०४ असोज २०८०, ०८ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आजपनि बस्दै
काँग्रेसमा नियमित महाधिवेशन पक्षधरले पनि काठमाडौँमा भेला आयोजना गर्दै
कांग्रेस केन्द्रीय समिति बैठक आजपनि बस्दै
काँग्रेस संस्थापन पक्षका केन्द्रीय सदस्यहरूको छुट्टै भेला सुरु
काँग्रेस केन्द्रीय समिति बैठक आज अन्तिम समयमा आएर स्थगित