काठमाडौँ । काभ्रेपलान्चोकको पनौतीमा लुटपाट गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेको पनौती नगरपालिका–४ मा बस्ने २७ वर्षीय आकाश दोङ, पनौती–६ बस्ने २७ वर्षीय श्रीराम लोप्चन र ओखलढुङ्गा घर भएर पनौती बस्ने ४५ वर्षीय सङ्गीता तामाङ छन् ।
आरोपितहरूले भदौ २९ मा घाँस काटेर फर्किएकी तुलसा बन्जारासहित दुईजना लाई जङ्गलमा खुकुरी देखाएर सुनको रिङ लुटेर भागेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । आरोपितहरूले पनौती नगरपालिका–५ स्थित माइतबाट फर्किएकी ३६ वर्षीया अनिता थापाको पनि गहना लुटेको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।
आकाश र श्रीरामले लुटेको गहना बेच्न सङ्गीता तामाले ग्राहक खोजेको अनुसन्धानबाट थाहा भएको छ । उनीहरुविरुद्ध इलाका प्रहरी कार्यालय बनेपाले चोरी तथा डाँका सम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ असोज २०८०, १२ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खैरो हेरोइन र नगदसहित युवक पक्राउ
बनेपा हिरासतबाट फरार पाँच प्रतिवादी पक्राउ
प्रहरी कार्यालयमा आगजनी गर्ने झापाबाट १० जना पक्राउ
बसको ठक्करबाट युवकको मृत्यु, चालक पक्राउ
नेपाल ट्रस्टका पूर्व सचिव लेखबहादुर कार्की पक्राउ
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ