काठमाडौँ । काभ्रेपलान्चोकको पनौतीमा लुटपाट गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेको पनौती नगरपालिका–४ मा बस्ने २७ वर्षीय आकाश दोङ, पनौती–६ बस्ने २७ वर्षीय श्रीराम लोप्चन र ओखलढुङ्गा घर भएर पनौती बस्ने ४५ वर्षीय सङ्गीता तामाङ छन् ।
आरोपितहरूले भदौ २९ मा घाँस काटेर फर्किएकी तुलसा बन्जारासहित दुईजना लाई जङ्गलमा खुकुरी देखाएर सुनको रिङ लुटेर भागेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । आरोपितहरूले पनौती नगरपालिका–५ स्थित माइतबाट फर्किएकी ३६ वर्षीया अनिता थापाको पनि गहना लुटेको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।
आकाश र श्रीरामले लुटेको गहना बेच्न सङ्गीता तामाले ग्राहक खोजेको अनुसन्धानबाट थाहा भएको छ । उनीहरुविरुद्ध इलाका प्रहरी कार्यालय बनेपाले चोरी तथा डाँका सम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ असोज २०८०, १२ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लागूऔषधसहित विभिन्न स्थानबाट ४१ जना पक्राउ
लागुऔषधसहित पाँच जना पक्राउ
सुकुमबासी मोर्चाका महासचिवसहित ३ जना पक्राउ
पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ
चितवनमा ९५.१६५ केजी गाँजासहित एक जना पक्राउ
कास्की प्रहरीको स्वीप अपरेसन: एकै रातमा १२२ जना पक्राउ