न्यूयोर्क । संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा नेपालको नेतृत्व गर्दै न्यूयोर्क आउनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग राष्ट्रसङ्घीय उच्च प्रतिनिधि रवाव फतिमाले भेट गरेका छन ।
मङ्गलबार राष्ट्रसङ्घका लागि अतिकम विकसित देशहरू तथा भुपरिवेष्टित विकासशील देशहरूका लागि उच्च प्रतिनिधि फतिमाले प्रधानमन्त्री दाहालसँग भेट गरेका हुन। न्यूयोर्कस्थित नेपालको स्थायी नियोगले दिएको जानकारीअनुसार भेटका अवसरमा दुबैबीच सामूहिक चासोका विभिन्न विषय र अल्पविकसित देशहरूको चासोलाई बहुपक्षीय फोरममा कसरी प्रोत्साहन गर्ने भन्ने विषयमा छलफल भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ असोज २०८०, ११ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीसँग सिंहदबारमा भारतीय विदेश सचिवको शिष्टाचार भेट
प्रधानमन्त्रीको भारत भ्रमण : ओली नेपाली सेनाको विमानमा काठमाडौँबाट सिधै बोधगया जाने
प्रधानमन्त्री ओली धनुषा र महोत्तरी जाँदै
प्रधानमन्त्री र मन्त्रीहरुबीच कार्यसम्पादन सम्झौता
प्रधानमन्त्रीसँग प्रश्नोत्तर भदौ ४ गते हुने
प्रधानमन्त्री र मन्त्रीहरुबीच आज कार्यसम्पादन सम्झौता हुँदै