काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान कार्यान्वयनमा कठिनाई भएका विषय संशोधन गर्न सकिने बताएका छन्। मंगलबार दिउँसो संविधान सभाका अध्यक्ष तथा नेकपा (एमाले)का उपाध्यक्ष स्व. सुवासचन्द्र नेम्वाङको स्मृतिमा आयोजित ‘सुवास र संविधान’विषयमा प्रवचन कार्यक्रममा ओलीले देशप्रति राजनीतिक दल जिम्मेवार बनेर अगाडि बढ्नुपर्ने धारणा राखे।
उनले केहि न केहि त्रुटी र कमजोरी हरेक संविधानमा हुने गरेकाले सच्याउन सकिने बताए। पूर्वप्रधानमन्त्री ओलीले संविधान कार्यान्वयनक्रममा देखा परेका नमिल्दा र व्यवहारमा त्रुटी देखिएका विषय संशोधन गर्नुपर्ने धारणा राखे। उनले भने‘कहिले कहिले कि त संविधानको चर्को विरोधमै मात्र गर्ने कि त संविधानको समर्थन गरेपछि संशोधन पनि हुँदैन भन्ने ठान्ने। यी दुवै कुरा ठिक होइन।’
ओलीले संविधान जारी नगर्न संविधान सभाका अध्यक्ष नेम्वाङलाई दबाब आएको स्मरण गर्दै उनले दबाबकै बीच संविधान ल्याइएको बताए। उनले जीवन बलिदान र कठिनाई बाट अहिलेको संविधान निर्माण भएको र उपलब्धि गुम्न दिन नहुने बताए।
ओलीले समृद्ध नेपाल, सुखी नेपालीको गन्तव्यमा देशलाई पुर्याउन एमाले प्रतिबद्ध रहेको बताए। उनले देशको भूमी, राष्ट्रियता, देशको सार्वभौम सत्ता, राष्ट्रिय हित र स्वाभिमान रक्षा गर्न र सुशासन ल्याउन एमाले प्रतिबद्ध रहेको दोहोर्याए।
ओलीले भने,‘देशमा राष्ट्रिय एकता खलबलिन हामी दिन सक्दैनौं। अरुको स्वार्थमा लागेर हाम्रो देशमा हिंसा भड्काउने प्रयास जुनसुकै रंग र भेषमा भएपनि एमाले र जनतालाई स्वीकार्य छैन। यस्ता चिज रोक्न एमाले लागिपर्छ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०२ असोज २०८०, १५ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
एउटै मञ्चमा देखिएलान् बालेन–ओली ?
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह
लोकतान्त्रिक व्यवस्था र लोकप्रिय नाराबिचको भिन्नता समाजले बिस्तारै थाहा पाउनेछ : ओली
मदन भण्डारी मेरा नेता, साथी र सहयोद्धा हुनुहुन्थ्यो : केपी शर्मा ओली
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई फिर्ता गरे गाडी