काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अमिन दिपरन्जन यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । घुस/रिसवत लिई भ्रष्टाचार गरेको आरोपमा नापी कार्यालय लहानमा कार्यरत अमिन (करार) दिपरन्जन यादवविरुद्ध मुद्दा दायर गरिएको हो ।
सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियारको कार्यालय, बर्दिबासबाट खटिई गएको टोलीले अमिन यादवलाई २०८० भाद्र ६ गते नियन्त्रणमा लिएको थियो ।
यादवले जग्गाधनी पुर्जा बनाउने क्रममा सेवाग्राहीसँग दश हजार घुस/रिसवत लिएको अख्तियारको दाबी छ । अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार यादवलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा दश हजार रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवानाको सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०२ असोज २०८०, १४ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा
लेखा अधिकृतसहित तिन जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अधिकृत विरुद्धको भ्रष्टाचार मुद्दा सर्वोच्चमा पुनरावलोकन
यातायात व्यवस्था कार्यालयका कर्मचारी कमल गौतमविरुद्ध अकुत सम्पत्तिको मुद्दा
मालपोत कार्यालयका दुई खरिदारसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
आयोगसमक्ष सम्पत्ति विवरण अनुगमन प्रतिवेदन पेस