काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको जानकारी दिएको छ । महासंघले आजको मूल्यसूची तय गर्दै हिजो सोमबारको तुलनामा ५०० रुपैयाँले मूल्य बढेको जानकारी दिएको हो ।
यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १३ हजार रुपैयाँ कायम छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार ४५० रुपैयाँ कायम छ । हिजो सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ५०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ९५० रुपैयाँ थियो ।
महासंघका अनुसार आजसम्म सुनको मूल्य निरन्तर ३ दिन उकालो लागेको हो । यसअघि हिजो सोमबार तोलामा २०० रुपैयाँ र आइतबार तोलामा ५०० रुपैयाँले सुनको मूल्य बढेको थियो । यससँगै, पछिल्लो तीन दिनमा सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले बढेको छ ।
यसबाहेक, आज चाँदीको मूल्य प्रतितोला १४ सय १० रुपैयाँ कायम भएको छ । महासंघका अनुसार तोलामा ५ रुपैयाँले बढेसँगै आज उक्त मूल्यमा चाँदीको कारोबार भएको हो । हिजो सोमबार चाँदीको कारोबार मुल्य १४ सय ५ रुपैयाँ कायम छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०२ असोज २०८०, १० : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको मूल्यमा अर्को कीर्तिमान, कतिमा हुदैछ आज कारोबार ?
सुनको मूल्यमा नयाँ रेकर्ड, एक तोलाको २ लाख ६१ हजार ७ सय
सुनको भाउ सामान्य घट्यो, चाँदीको भाउ अहिले सम्मकै उच्च, कतिमा हुदैछ कारोबार ?
तोलामा २ हजार घट्यो सुनको भाउ, कतिमा हुदैछ कारोबार ?
सुनको मुल्य हालसम्मकै महँगो, कतिमा हुदैछ कारोबार ?
सुनको भाउ घट्यो, चाँदीको बढ्यो : कतिमा हुदैछ कारोबार ?