काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा र माध्यमिक शिक्षाको लक्ष्य हासिल गर्न तीनै तहका सरकारबीच आपसी समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन् ।
आज राष्ट्रिय शिक्षा दिवस, २०८० को उपलक्ष्यमा शुभकामना दिँदै उनले सन् २०३० सम्ममा दिगो विकासका विश्वव्यापी लक्ष्यहरू हासिल गर्न विद्यालय शिक्षा र प्राविधिक शिक्षादेखि उच्च शिक्षासम्मका सिकाइहरूलाई समावेशी र गुणस्तरीय बनाउन सबै शिक्षण संस्थाहरूले समान बुझाइका साथ निरन्तर प्रयासमा जोड दिनुपर्ने उल्लेख गरेका छन् ।
समाजमा पिछडिएको वर्ग, क्षेत्र, लिङ्ग र जातजातिलाई शिक्षाको मूलधारमा समाहित गरी गुणस्तरीय र समावेशी शिक्षाको पहुँच सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको पनि उनले बताए ।
शुभकामना सन्देशमा प्रचण्डले भनेका छन् –'नेपाल सरकार विद्यालयदेखि उच्च तहसम्मको शिक्षालाई प्रतिस्पर्धी, व्यावसायिक, सीपमूलक, रोजगारमूलक, सूचना र प्रविधिमा आधारित बनाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउनेतर्फ प्रयत्नशील छ । उच्च शिक्षा अध्ययनका लागि युवाहरू स्वदेशमै रहुन् भन्ने हाम्रो इच्छा छ र राष्ट्रको आवश्यकता पनि यही हो ।
युवा विद्यार्थी र अभिभावकहरूलाई स्वदेशमै गुणस्तरीय शिक्षा तथा रोजगारीको सुनिश्चितताप्रति विश्वास जगाउनु त्यतिकै आवश्यक छ । साथै, राष्ट्रमै रहने सकारात्मक सोचका साथ हातेमालो गर्नु आजको आवश्यकता भएको छ ।'
राष्ट्रिय शिक्षा दिवस, २०८० का अवसरमा नेपाल विद्याभूषण पदक, नेपाल प्रविधि विद्याभूषण पदक र छात्रा विद्याभूषण पदक प्राप्त गर्नुहुने सम्पूर्ण विद्यार्थीहरूलाई बधाई दिँदै उनले आर्जन गरेको ज्ञान र सीपले देशको माटो सिञ्चित हुनेछ भन्ने अपेक्षा व्यक्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०२ असोज २०८०, १० : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीको प्रेस संयोजकमा रामबहादुर रावल नियुक्त
प्रधानमन्त्रीको नाममा चन्दा उठाउनेलाई कारबाहीको दायरामा ल्याइने
संविधान अनुसार ३५ वर्ष उमेर सिमा तर जेनजीलाई राष्ट्रिय सभामा लैजान प्रधानमन्त्रीको हारगुहार
प्रधानमन्त्री र राष्ट्रिय सभा अध्यक्षबीच रिक्त हुने सदस्यको चुनावबारे छलफल
नेपालमा भएको परिवर्तनबारे सम्बन्धित देशमा जानकारी गराउन राजदूतहरूलाई प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री कार्कीले दशैँको टीका नलगाउने