एजेन्सी । एसिया कपअन्तर्गत क्रिकेटमा बंगलादेशले भारतलाई पराजित गरेको छ ।
गएराति भएको अन्तिम सुपर फोर खेलमा बंगलादेशले भारतविरुद्ध ६ रनको रोमाञ्चक जीत हात पारेको हो । फाइनलमा पुग्न नसके पनि बंगलादेशले भारतलाई हराउँदै एसिया कपको सुखद् अन्त्य गरेको छ ।
बंगलादेशले दिएको २६६ रनको लक्ष्य पछ्याएको भारत ४९ दशमलब ५ ओभरमा २५९ रन बनाएर अलआउट भयो । भारतका लागि ओपनर शुभमन गिलले १२१ रनको शतकीय पारी खेले पनि टोलीलाई जीत दिलाउन भने सकेनन् ।
बंगलादेशका लागि मुस्ताफिजुर रहमानले ३ तथा तन्जिम हसन र महिदी हसनले समान २/२ विकेट लिए ।
त्यसअघि हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २६५ रन बनाएको थियो ।
हारका बाबजुत भारत समूह विजेताको रूपमा फाइनल पुगेको छ । भारतले उपाधिका लागि आइतबार घरेलु टोली श्रीलंकासॅंग खेल्ने छ । बिहीबार पाकिस्तानलाई पराजित गर्दै श्रीलंका फाइनल पुगेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३० भदौ २०८०, ०९ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतले जित्यो तीन खेलको वान डे सिरिज
भारतको काश्मिरमा प्रहरी चौकीभित्र विस्फोट: सात जनाको मृत्यु, ३० घाइते
नेपालले भारतलाई हरायो
भारतले गर्यो सीएमएस-०३ उपग्रहको सफल प्रक्षेपण
नेपाल-भारतबीच संयुक्त लगानी सम्झौतामा हस्ताक्षर
भारत–चीनबीच ५ वर्षपछि प्रत्यक्ष हवाई उडान सुरु