एजेन्सी । एसिया कपअन्तर्गत क्रिकेटमा बंगलादेशले भारतलाई पराजित गरेको छ ।
गएराति भएको अन्तिम सुपर फोर खेलमा बंगलादेशले भारतविरुद्ध ६ रनको रोमाञ्चक जीत हात पारेको हो । फाइनलमा पुग्न नसके पनि बंगलादेशले भारतलाई हराउँदै एसिया कपको सुखद् अन्त्य गरेको छ ।
बंगलादेशले दिएको २६६ रनको लक्ष्य पछ्याएको भारत ४९ दशमलब ५ ओभरमा २५९ रन बनाएर अलआउट भयो । भारतका लागि ओपनर शुभमन गिलले १२१ रनको शतकीय पारी खेले पनि टोलीलाई जीत दिलाउन भने सकेनन् ।
बंगलादेशका लागि मुस्ताफिजुर रहमानले ३ तथा तन्जिम हसन र महिदी हसनले समान २/२ विकेट लिए ।
त्यसअघि हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २६५ रन बनाएको थियो ।
हारका बाबजुत भारत समूह विजेताको रूपमा फाइनल पुगेको छ । भारतले उपाधिका लागि आइतबार घरेलु टोली श्रीलंकासॅंग खेल्ने छ । बिहीबार पाकिस्तानलाई पराजित गर्दै श्रीलंका फाइनल पुगेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३० भदौ २०८०, ०९ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रबि लामिछाने र भारतका प्रधान मन्त्रि बीच साढे १० बजे भेटघाट हुदैं
दिल्लीमा रविको ‘डिप्लोमेटिक डेब्यु’ : 'उच्च नेतृत्वसँग भएको भेटघाटले नेपालको समकालीन राजनीतिमा नयाँ बहस'
रास्वपा सभापति लामिछाने र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता
भारतमा के गरिरहेका छन् रवि लामिछाने ? भोलि मोदीसँग भेट्ने कार्यक्रम तय
उच्चस्तरीय भेटवार्ताका लागि रवि लामिछाने भारत प्रस्थान
रविको भारत भ्रमणपूर्व प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति : संयोग कि नियोजित ?