धरान खानेपानीको भुक्तानी ‘आइएमई पे’बाट गर्न सकिने, १०० रुपैयाँसम्म छुट

सफल खबर संवाददाता

शुक्रबार, २९ भदौ २०८०, १५ : ४८
धरान खानेपानीको भुक्तानी ‘आइएमई पे’बाट गर्न सकिने, १०० रुपैयाँसम्म छुट

काठमाडौं। नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’मार्फत धरान खानेपानी बोर्डको बिल भुक्तानी सजिलै गर्न सकिने भएको छ ।​धरानवासीलाई खानेपानीको बिल भुक्तानी डिजिटल माध्यमबाट गर्न सकिने सुविधा ‘आइएमई पे’ले यही भदौ महिनाबाट सञ्चालनमा ल्याएको हो ।

यसका साथै, ‘आइएमई पे’ले ‘किन लाइन बस्ने, मोबाइलबाटै तिर्ने’ अफर पनि सार्वजनिक गरेको छ । यो अफरमार्फत 'आइएमई पे'का सेवाग्राहीले खानेपानीको बिल भुक्तानी गर्दा  “WATER” प्रोमो कोड प्रयोग गरी १०० रुपैयाँसम्म छुट प्राप्त गर्न सक्ने छन् ।

 

यस सुविधाले धरानवासीलाई लामो लाइन बस्नुपर्ने झन्झटबाट मुक्त गराई उपमहानगरलाई डिजिटलाइजेसनमा जान सहायता पुर्‍याउने ‘आइएमई पे’का प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले जनाएका छन् । ‘आइएमई पे’ले ग्राहकहरूको सुविधाको लागि सुरक्षित तथा नव प्रवर्द्धित सेवाहरूको माध्यमबाट क्यास–लेस सोसाइटी निर्माणमा थप प्रोत्साहन गर्नमा अग्रणी भूमिका निर्वाह गरेको छ ।

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धिधत ‘आइएमई पे’ मोबाइल वालेट एप अन्तर्गतको विद्युतीय भुक्तानी सेवा प्रदायक हो ।नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली– २०७२ बमोजिम ‘आइएमई डिजिटल’ दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो ।

‘आइएमई पे’ मोबाइल वालेटमार्फत सेवाग्राही आफैले अथवा एजेन्टहरूमार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरू गर्न सक्नेछन् ।यसले व्यक्ति–व्यक्तिबीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा क्यूआर स्क्यान गरी भुक्तान गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरायसी तथा कार्यालयका बिलहरू भुक्तान गर्न मिल्ने सेवासमेत प्रदान गर्दै आइरहेको छ । 

यस मोबाइल वालेटमा ब्याज तथा विभिन्न क्यासब्याकहरूको पनि सुविधा उपलब्ध छ । आइएमई डिजिटल सोलुसन लिमिटेडले बैंकिङ सुविधाबाट वञ्चित नेपाली तथा न्यून बैंकिङ सुविधा प्राप्त सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरूको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पुर्याउने लक्ष्य लिएको छ ।

२० लाखभन्दा बढी ग्राहकहरूलाई सीधै मोबाइल वालेट एप तथा एजेन्टहरूमार्फत ‘आइएमई पे’ले विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सफल छ ।