काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोलि बस्ने मन्त्रिपरिषद् बैठकले खेलाडीहरूको घोषित पुरस्कार रकम निकासा गर्ने बताएका छन् ।
एसियाडमा जाने खेलाडीहरूको बिदाइ कार्यक्रममा प्रधानमन्त्री ‘प्रचण्ड’ले यसअघि घोषणा भएको पुरस्कार आजसम्म पनि नपाएको भन्ने आफूलाई जानकारी रहेको बताए । उनले भने, ‘केही प्राविधिक, केही नीतिगत कारणले ढिला हुन गएकोमा दुःख व्यक्त गर्न चाहन्छु ।’
नियमावलीको अभावका कारण निकासामा ढिला भएको उनले सुनाए । तर अहिले नियमावली बनेर अर्थ मन्त्रालयबाट आज बिहीबार मात्र खेलकुद मन्त्रालयमा पुगेको भन्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले अघि भने, ‘भोलिको क्याबिनेटबाट सबै पैसा निकासा हुन्छ ।’
उनले आफ्नो चीन भ्रमणका क्रममा खेल पूर्वाधार निर्माणलाई एजेण्डा बनाउने समेत बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २८ भदौ २०८०, १९ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
त्रिशूलीमा बेपत्ताको खोजी तीव्र पार्न प्रधानमन्त्रीको निर्देशन
विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले खोजे कांग्रेस–एमालेको नैतिकता
प्रधानमन्त्री प्रचण्डलाई अविलम्ब राजीनामा दिन एमालेको माग
प्रधानमन्त्री प्रचण्ड र कांग्रेस नेता कोइरालाबिच भेट
प्रधानमन्त्रीले असार २८ गते विश्वासको मत लिने, संसद सचिवालयलाई पत्र पठाइयो
विदेशस्थित नेपाली नियोगहरूको क्षमता अभिवृद्धि गर्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड