काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको थरुहट राष्ट्रिय समिति (सुदूरपश्चिम प्रदेश) गठन गरिएको छ ।
प्रदेशस्तरिय विस्तारित बैठकले जनक चौधरीको अध्यक्षतामा थरुहट राष्ट्रिय समिति (सुदूरपश्चिम प्रदेश) गठन गरेको सो पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले राससलाई जानकारी दिए । उनका अनुसार उक्त बैठकबाट प्रदेश अनुशासन आयोगको अध्यक्षमा चन्द्रप्रकाश चौधरी र निर्वाचन आयोगको अध्यक्षमा घनश्याम कुश्मीलाई चयन गरिएको छ ।
पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य राजेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा पार्टीका केन्द्रीय सदस्य, केन्द्रीय निकायका पदाधिकारी तथा सदस्य, सङ्घीय परिषद् सदस्य, प्रदेश कार्यकारिणी समिति सदस्य, प्रदेश समिति सदस्य, प्रदेश तथा जिल्ला तहका अगुवा नेता कार्यकर्ताको उपस्थिति रहेको सो पार्टीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, २८ भदौ २०८०, १५ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनमतका मधेश प्रदेश उपाध्यक्ष भरत चौधरी जसपामा प्रवेश
जसपाबाट विद्रोह गरेको श्रेष्ठ समूह आज नेकपा प्रवेश गर्दै
नेकपा र जसपावीच पार्टी एकताका लागि आज निर्णायक वार्ता
पार्टी एकताबारे नेकपा र जसपाबीच आज पनि वार्ता हुँदै
जसपाको कार्यकारिणी समिति बैठक आज पनि बस्दै
समाजवादी युवा सङ्घका केन्द्रीय अध्यक्ष नै जसपा नेपालमा