काठमाडौँ । देशका तीनै तहमा रिक्त रहेका जनप्रतिनिधिहरूको पदपूर्तिका लागि उपनिर्वाचन हुने भएको छ। निर्वाचन आयोगका अनुसार हाल देशका २२ स्थान जनप्रतिनिधिविहीन छन्। तीमध्ये सबैभन्दा धेरै स्थानीय तहअन्तर्गत १७ जना वडाध्यक्ष पद रिक्त छन्।
तीमध्ये २ जना पालिका उपाध्यक्ष, १ जना पालिका अध्यक्ष र एकजना प्रदेशसभा सदस्यसँगै हालैमात्र निधन भएका पूर्वसभामुख एवम् संघीय सांसद सुवासचन्द्र नेम्वाङ सहित २२ स्थान जनप्रतिनिधिविहीन हुन पुगेको आयोगले जनाएको छ ।
आयोगले रिक्त रहेको स्थानको आधिकारिक तथ्याङ्क भने पाई नसकेको बताएको छ। यकिन तथ्याङ्क पालिका, संघीय संसद् वा प्रदेशसभाबाट पाउनुपर्ने भए पनि अहिलेसम्म पाउन नसकिएकाले आयोगले सबै तथ्याङ्क उपलब्ध गराउन संघीय मामिला मन्त्रालयलाई पत्राचार गरिसकेको आयोगको भनाई छ ।
रिक्त स्थानमा उपनिर्वाचन गराउन आयोगले गत साउनमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ इटाली भ्रमणमा रहेका वेला कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्कालाई जानकारी गराइसकेको छ। यद्यपि सरकारकारका तर्फबाट अहिलेसम्म आयोगलाई बोलाएर औपचारिक रूपमा यो विषयमा छलफल भने गरेको छैन। उपनिर्वाचनका लागि कानुनमा स्पष्ट व्याख्या नहुँदा केही झण्झटिलो भने देखिएको आयोगको ठम्म्याइ छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २७ भदौ २०८०, २१ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रियसभा सदस्य निर्वाचनको तयारीमा आयोग
राष्ट्रियसभा निर्वाचनको कार्यतालिका सार्वजनिक
भूकम्पपीडितलाई निर्वाचन आयोगको आर्थिक सहयोग
भूकम्प पीडितलाई ७ दिनसम्मको पारिश्रमिक सहयोग गर्ने आयोगको निर्णय
तीनजना राष्ट्रिय सभा सदस्य रिक्त हुने भएपछि आयोगद्वारा पत्राचार
राष्ट्रिय सभा सदस्यको निर्वाचन माघ ११ गते गर्न प्रस्ताव