अन्तर्राष्टिय विश्वविद्यालयसँग एमओयू गर्ने प्रेसिडेन्सी कलेज नयाँ संरचनामा

शनिबार, ०२ भदौ २०७५, १२ : ३८
अन्तर्राष्टिय विश्वविद्यालयसँग एमओयू गर्ने प्रेसिडेन्सी कलेज नयाँ संरचनामा

चितवन । विभिन्न अन्तर्राष्ट्रिय विश्वविद्यालय तथा कलेजसँग एमओयू गर्ने भरतपुर १० रिजाल चोकमा रहेको प्रेसिडेन्सी कलेज यसै वर्षदेखि नयाँ संरचनामा सञ्चालन भएको छ । 
पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन लिएर बीबीए, एमबीएको कक्षा चलाइरहेको प्रेसिडेन्सी कलेजले भरतपुरको अरोमा कलेजसँग सहकार्य गर्दै रिजालचोकमा नयाँ सुविधा सम्पन्न संरचनामा सञ्चालन भएको हो । कलेजले आज पत्रकार सम्मेलन गरी पुरानो स्थान (चितवन मेडिकल कलेजनजिक) बाट  सरेर रिजाल चोक (नेकपाको पार्टी कार्यालय नजिक) नयाँ संरचनामा सरेको जानकारी दिएको छ ।
पत्रकार सम्मेलनमा कलेजका संस्थापक प्रिन्सिपल शम्भु क्षेत्रीले भने, ‘सन् २००० मा स्थापित यस प्रेसिडेन्सी कलेज २०७५ सालदेखि एमबीए र बीबीएको कक्षा नयाँ सुविधा सम्पन्न भवनमा 
दक्ष प्राध्यापकहरुबाट कक्षाहरु सञ्चालन भइरहेको छ ।’
प्लस टु तहको सफल सञ्चालन सँगसँगै सन् २००४ सालबाट पूर्वाञ्चल विश्वविद्यालयको सम्बन्धन लिई चितवनमा नै पहिलो पटक व्यवस्थापन विषयको स्नातक तहको बीबीए कार्यक्रम सञ्चालन गरेको कलेजका प्रिन्सिपल क्षेत्रीले जानकारी दिए । प्रेसिडेन्सीले सन २००९ सालदेखि एमबीएको पठनपाठन सञ्चालनमा ल्याएको छ । 
‘कलेजलाई अझ वृहत्तर रुपमा अघि बढाउने उद्देश्यका साथ पुरानो स्थानबाट सरेर पूर्ण सुविधासहित आफ्नै नयाँ भवनमा एसीसहितका कक्षाहरु सञ्चालन गरेका छौँ’ प्रिन्सिपल शम्भु क्षेत्रीले भने, ‘ विद्यार्थीहरुको नियमित पठनपाठन सँगसँगै विद्यार्थीहरुको सामाजिक र संवेगात्मक विकासका लागि विभिन्न अतिरिक्त क्रियाकलापहरु पनि कलेजले संचालन गर्दै आएको छ ।’ नयाँ संरचनामा प्रोजेक्टरसहितको कक्षाहरु सञ्चालन हुने कलेजले जनाएको छ । 
पत्रकार सम्मेलनमा अरोमा कलेजका अध्यक्ष कृष्णप्रसाद सापकोटाले अरोमा कलेज र प्रेसिडेन्सी कलेजको सहकार्य भएको बताए । उनले भने, ‘अरोमाले एमबीए, बीबीएका कक्षाहरु चलाउँदैन, प्रेसिडेन्सी र हामीबीच आर्थिकदेखि सबै पाटोमा सहकार्य भएको छ ।’
बदलिदौँ समयको आवश्यकता र चाहनालाई मध्यनजर गर्दै प्रेसिडेन्सी कलेजले राष्ट्रिय एवम् अन्तराष्ट्रिय विश्वविद्यालयका विभिन्न संकायका कार्यक्रमहरु चलाउने योजना बनाएको छ । बीएचएम, बीआईटीलगायतका कार्यक्रमहरु ल्याउने योजना प्रेसिडेन्सीले बनाएको छ । प्रेसिडेन्सीले बंगलादेश, श्रीलंका, ताइवानका कलेज तथा विश्वविद्यालयसँग एमओयूमा हस्ताक्षर गरेको छ । 
अन्तराष्ट्रिय रुपमा विद्यार्थीहरु आदानप्रदान गर्ने कार्यक्रमलाई पनि प्राथमिकताका साथ प्रेसिडेन्सीले संचालन गरिरहेका छ । यसअघिका प्रेसिडेन्सीका विद्यार्थीहरुले बंगलादेश, भारत, ताइवानलगायतका ठाउँहरुमा पुगेर ज्ञान हासिल गरेका छन् । संस्कृति आदानप्रदान गरेका छन् । 
‘अन्तर्राष्ट्रिय एक्सपोलोजर प्रदान गर्नको लागि बंगलादेश, भारत, श्रीलंका एवम् ताइवानका विभिन्न ख्यातिप्राप्त कलेज तथा विश्विद्यालयमा विद्यार्थी पुर्‍याइएको छ’ प्रिन्सिपल शम्भु क्षेत्रीले भने, ‘प्रेसिडेन्सीमा पढेका विद्यार्थीहरु बेरोजगार हुँदैनन्, जागिर खोज्नेभन्दा पनि जागिर दिलाउने खालका हुन्छन्, प्रविधिमैत्री हुन्छन्, सीपयुक्त हुन्छन् ।’ 

प्रतिक्रिया दिनुहोस