चैतदेखि नेपालमा पाइपलाइनबाट पेट्रोल आयात

सफल खबर संवाददाता

आइतबार, २४ भदौ २०८०, ०८ : ४५
चैतदेखि नेपालमा पाइपलाइनबाट पेट्रोल आयात

काठमाडौ । नेपाल आयल निगमले आगामी चैत महिनादेखि पाइपलाइनबाट पेट्रोल आयात गर्ने गरी काम अगाडि बढाएको  छ  । 

मोतिहारी–अमलेखगन्‍ज  पेट्रोलियम  पाइपलाइन परियोजना अन्‍तर्गत दोस्रो चरणको काम तीव्र गतिमा अगाडि बढाइएको नेपाल आयल निगमले जनाएको छ । 

आगामी अप्रिल अर्थात् चैत महिनासम्म पाइपलाइनबाट पेट्रोल र मटितेल ल्याउने गरी पूर्वाधार निर्माणको  काम  अगाडि  बढाइएको  नेपाल  आयल  निगम अमलेखगन्‍ज कार्यालयले जनाएको छ । 

यस  परियोजनाको  पहिलो  चरणको  काम  सम्पन्‍न भएर २०७६ भदौ २४ देखि पाइपलाइनबाट डिजेल आउन सुरु भएको थियो । अहिले भारतको मोतिहारीबाट  अमलेखगन्‍जसम्म  पाइपलाइनमार्फत  डिजेल आयात भइरहेको छ । स्टोरेज ट्याङ्क नभएका कारण पाइपलाइनबाट पेट्रोल ल्याउन सकिएको छैन ।

नेपाल र भारत सरकारबिच भएको सम्झौता अनुसार दोस्रो  चरणको  निर्माणको  काम  इन्‍िडयन  आयल  कर्पाेरेसन (आइओसी) ले गरिरहेको छ, गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस