नुवाकोट । अर्थमन्त्री डा. प्रकाशशरण महतले राजधानी काठमाडौंसँग जोडिएको नुवाकोटमा विकासको ठूलो सम्भावना रहेको बताएका छन्। नेपाली कांग्रेस जिल्ला कार्य समिति नुवाकोटले आयोजना गरेको शुभकामना आदान–प्रदान तीज विशेष कार्यक्रममा बोल्दै मन्त्री डा. महतले भने, ‘चीनसँग जोडिएको रसुवागढी धेरै टाढा छैन । व्यापार, पर्यटन, कृषि र उद्योग व्यवसायमा अथाह सम्भावना छ।’
नुवाकोट खाद्यन्नमा आत्मनिर्भर रहेको उनको भनाइ थियो। यसका साथै निर्यातका वस्तु धेरै रहेको उनले बताए। 'कृषि उत्पाकत्व बढाउन यसपटकको बजेटमा उत्पादनमा अनुदानको व्यवस्था गरिएको छ। कागज बनाएर अनुदान खाने हो प्रवृत्ति अन्त्य भयो, अब उत्पादन देखाएर अनुदान पाउने प्रस्ताव गरेका छौं। कृषि मन्त्रालयलाई लागू गर्नुस् भनेका छौं,’ उनले भने।
कृषि उत्पादन, फलफूल खेती, चिया कफीलगायत तमाम कृषि उत्पादनको नुवाकोटमा सम्भावना रहेको उनले प्रस्ट पारे। 'त्यसमा पनि महिला दिदी बहिनीहरुले अगुवा गर्नुपर्छ । महिला दिदी बहिनीहरुकै नाममा हामीले औद्योगिक पार्कको पाँचखालमा घोषणा गरेका छौं,' उनी भन्छन्। त्यसको एक्सटेन्सन नुवाकोटमा पनि हुनुपर्ने मन्त्री डा. महतले बताए।
बाटोको सञ्जाल निर्माणमा केही समयदेखि नुवकोटमा अवरुद्ध उनले बताए। 'पहिला लगानी भएको थियो, बीचमा अबरुद्ध भयो। अहिले सुरु हुन थालेको छ। त्रिशुली–बालाजु सडकमा नेपाल सरकारले नै कार्यान्वयन गर्ने गरी बजेट परेको छ। गंगटेबाट समुन्द्रटार हुँदै भञ्ज्याङसम्म पुग्ने सडकमा यथेस्ट बजेट परेको छ,' उनले भने।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २३ भदौ २०८०, २० : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर नउठाउने, खर्च मात्रै गरिराख्ने हो भने हामी गम्भीर राष्ट्र बन्दैनौँ: अर्थमन्त्री वाग्ले
प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री
अर्थमन्त्री वाग्लेले किन यस्तो भने : ‘इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्न समूहबाट प्रधानमन्त्री र म माथि आक्रमण भयो'
प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथिको छलफलमा उठेका प्रश्नको अर्थमन्त्रीले जवाफ दिने
अर्थमन्त्री वाग्लेले पत्रकारहरूसँग अन्तरक्रिया गर्ने
राष्ट्रपतिसमक्ष आगामी बजेटबारे अर्थमन्त्रीको औपचारिक ब्रिफिङ