ताप्लेजुङ। ताप्लेजुङमा प्रहरीमाथि गम्भीर आरोप लागेको छ । भाद्र २१ गते लाखेजात्रा समापनको राति कोशी प्रदेश सभा सदस्य खगेनसिं हाङ्गामको निवास नजिक मादक पदार्थ सेवन गरेका प्रहरी टोलीले उपद्रो मच्चाएको आरोप लागेको हो । खगेनसिं हाङ्गामको निवासबाट करिव २५ मिटर टाढा संचालन भएको मिनिमेलामा मादक पदार्थ सेवन गरेका प्रहरीहरुले कांग्रेसका नेता तथा सर्वसाधारण व्यक्तिलाई समेत कुटपिट र हातपात गर्नुका साथै दुव्र्यवहार गरेको नेपाली कांग्रेस ताप्लेजुङ र स्थानीयवासी समेतलाई उदृत गर्दै कांग्रेसले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यस घटनाको पार्टीले घोर निन्दा र भत्सर्ना गर्ने पार्टी कार्यालयका मुख्यसचिव कृष प्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ‘मेलामा सहभागी भएका पेमा लामा तामाङ सुकेटार घुमफिर गरी फर्कने क्रममा यो घटनाका बारेमा आवाज उठाउँदा प्रहरीले उहाँमाथि मुक्का प्रहार गर्नुका साथै सेटले समेत हिर्काएका छन् । उहाँको आँखामा गम्भीर चोट लागेको छ र चस्मा फुटेको छ’, कांग्रेसको विज्ञप्तिमा भनिएको छ ।
घटनाका बारेमा बुझ्न खोज्दा कोशी प्रदेश सभाका सदस्य हाङ्गाममाथि समेत वर्दी र सादा पोशाकमा रहेका प्रहरीले गालीगलौज गर्दै दुव्र्यवहार गर्नुका साथै उनको निवासमा ढुंगामुडा गरेको कांग्रेसले जनाएको छ । ‘जनताको सेवक जनप्रतिनिधिलाई सुरक्षा दिनको अलावा निवासमै गएर गुण्डागर्दी शैलिमा आक्रमण गर्नु गराउनु प्रहरी प्रशासनको नियोजित र गैर जिम्मेवार कार्य हो’, कांग्रेसले भनेको छ, ‘मेलामा सर्वसाधारण व्यक्तिलाई सुरक्षा दिनु प्रहरी प्रशासनको कर्तव्य हो । यसबाट विमुख भएर प्रहरी प्रशासनले देखाएको अमर्यादित क्रियाकलाप खेदजनक छ ।’ उक्त घटनाको छानविन गरी संलग्न दोषी प्रहरीलाई निलम्वन गर्नुका साथै कडा भन्दा कडा कार्वाही गर्न कांग्रेसले सरकारसँग जोडदार माग गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २२ भदौ २०८०, २० : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कैलालीमा प्रहरी जवानको मृत्यु, छानबिन समिति गठन
बैतडीमा निर्वाचन प्रहरीको मृत्यु
निर्वाचनलाई सुरक्षित तवरले सम्पन्न गर्न प्रधान सेनापतिको निर्देशन
एआईको दुरुपयोग रोक्न नेपाल प्रहरीले छुट्टै सेल गठन गर्छः प्रहरी महानिरीक्षक कार्की
सम्पर्कविहीन १७ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन
नेपाल प्रहरीका ८ जना डीआईजीको सरुवा