काठमाडौ । सेयर बजारले आम लगानीकर्ताालाई निराश बनाएको छ । बिहीबार नेप्से सूचक २८.९२ विन्दुले घटेर १९३२.४५ अंकमा आएको छ । १ अर्ब १५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
दिनहुँजसो बजार घटिरहेको छ । लामो समयदेखि बजार ओरालै यात्रमा छ । बढ्ने कुनै संकेत नदेखिंदा आम लगानीकर्तामा निराशा उत्पन्न भएको हो । बजार निरन्तर घटेर लगानीकर्ताको अरबौं सम्पति गुम्दा पनि सरकार र नियामकले कुनै पनि सम्बोधन गरेका छैनन् । सुधार्ने बचन दिएका छैनन् । यसकारण पनि लगानीकर्ताको मनोबल थप कमजोर भएको हो ।
यस दिन २७६ कम्पनीको करिब ३७ लाख ६९ हजार कित्ता सेयर कारोबार भएको छ । ६ करोड १५ लाख रुपैयाँसहित कारोबार रकममा लिबर्टी इनर्जी कम्पनी अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सोल्टी होटेल र शिवम् सिमेन्ट्स परेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २१ भदौ २०८०, १६ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्से परिसूचक २६ अंकले घट्यो
घट्यो सेयर बजार, कारोबार साढे ११ अर्बमाथि
नेप्से २७ अंक बढ्दा साढे १० अर्बको कारोबार
नेप्से बढ्यो, कारोबार रकम घट्यो
सेयर बजारमा सामान्य ‘करेक्सन’
कारोबारसँगै बढ्यो सेयर बजार