काठमाडौ । सेयर बजारले आम लगानीकर्ताालाई निराश बनाएको छ । बिहीबार नेप्से सूचक २८.९२ विन्दुले घटेर १९३२.४५ अंकमा आएको छ । १ अर्ब १५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
दिनहुँजसो बजार घटिरहेको छ । लामो समयदेखि बजार ओरालै यात्रमा छ । बढ्ने कुनै संकेत नदेखिंदा आम लगानीकर्तामा निराशा उत्पन्न भएको हो । बजार निरन्तर घटेर लगानीकर्ताको अरबौं सम्पति गुम्दा पनि सरकार र नियामकले कुनै पनि सम्बोधन गरेका छैनन् । सुधार्ने बचन दिएका छैनन् । यसकारण पनि लगानीकर्ताको मनोबल थप कमजोर भएको हो ।
यस दिन २७६ कम्पनीको करिब ३७ लाख ६९ हजार कित्ता सेयर कारोबार भएको छ । ६ करोड १५ लाख रुपैयाँसहित कारोबार रकममा लिबर्टी इनर्जी कम्पनी अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सोल्टी होटेल र शिवम् सिमेन्ट्स परेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २१ भदौ २०८०, १६ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सामान्य अंकले घट्यो नेप्से
सेयर बजार ‘स्थिर’, कारोबार रकम निरन्तर घट्दै
४ अंकले बढ्यो सेयर बजार
३२ अङ्कले घट्यो सेयर बजार
सेयर बजारका सबै सूचक घटे, ११ अर्ब २३ करोडको कारोबार
नेप्से परिसूचक घट्यो, ७ अर्ब ६५ करोडको कारोबार