राजनीतिक कार्यक्रममा सहभागी नहुन गण्डकीका शिक्षकलाई गाउँपालिकाको निर्देशन

सफल खबर संवाददाता

बुधबार, २० भदौ २०८०, १३ : २४
राजनीतिक कार्यक्रममा सहभागी नहुन गण्डकीका शिक्षकलाई गाउँपालिकाको निर्देशन

गोरखा। गोरखाको गण्डकी गाउँपालिकाले पालिकाभित्रका शिक्षकलाई राजनीतिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको छ ।गाउँपालिकाले सार्वजनिक सूचनामार्फत राजनीतिक कार्यक्रममा सहभागी नहुन शिक्षकलाई निर्देशन दिएको हो ।

पालिकाभित्र भएका राजनीतिक कार्यक्रममा शिक्षकको सक्रिय सहभागिता रहेको फोटो तथा भिडियो सामाजिक सञ्जालबाट बाहिरिएपछि गाउँपालिकाले यस्तो निर्देशन दिएको हो ।“शिक्षा नियमावली २०५९ तथा शिक्षक आचारसंहिताले शिक्षक तथा निजामती सेवा नियमावली २०५० ले निजामती कर्मचारी कुनै प्रकारको राजनीतिक गतिविधिमा संलग्न हुन नपाउने व्यवस्था गरेको छ।”,

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रिजेश उपरकोटीले भने, “त्यसैले कोही पनि राजनीति कार्यक्रममा सहभागी हुन पाइँदैन । गाउँपालिकाको निर्देशन उल्लङ्घन गरी राजनीतिक कार्यक्रममा सहभागी भएको पाइएमा विभागीय सजाय हुन्छ ।”प्रशासकीय अधिकृत उपरकोटीका अनुसार विद्यालयलाई राजनीतिक कार्यक्रमको आयोजना स्थल बनाइ राजनीतिक कार्यक्रम नगर्न/नगराउन पनि गाउँपालिकाले भनेको छ ।

प्रतिक्रिया दिनुहोस