काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद यादवसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।उनीहरूले ५ लाख रुपैयाँ घुस लिएको भन्दै अख्तियारले मंगलवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
सोलार बत्ती जडानलगायत योजनाको भुक्तानी बापत सेवाग्राहीसँग २ लाख रुपैयाँ नगद र ३ लाख रुपैयाँको चेकसमेत लिइसकेको अवस्थामा अख्तियारको टोलीले लेखापाल टेकनारायण यादव र एमआईएस अपरेटर विरेन्द्रकुमार यादवलाई पक्राउ गरेको थियो ।
पछि अनुसन्धानको सिलसिलामा गाउँपालिका अध्यक्ष उमेशप्रसाद यादव पनि घुस लिने प्रयोजनमा संलग्न भएको भन्दै अख्तियारले पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १९ भदौ २०८०, १५ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्धको भ्रष्टाचार मुद्दाको सुनुवाइ बुधबार
मालपोत अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशकसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश
तत्कालीन उपकुलपति, राजिष्टार र निर्देशकसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
भरतपुर महानगरका तत्कालीन वरिष्ठ इन्जिनियर आचार्यविरुद्ध भ्रष्टाचार मुद्दा