काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद यादवसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।उनीहरूले ५ लाख रुपैयाँ घुस लिएको भन्दै अख्तियारले मंगलवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
सोलार बत्ती जडानलगायत योजनाको भुक्तानी बापत सेवाग्राहीसँग २ लाख रुपैयाँ नगद र ३ लाख रुपैयाँको चेकसमेत लिइसकेको अवस्थामा अख्तियारको टोलीले लेखापाल टेकनारायण यादव र एमआईएस अपरेटर विरेन्द्रकुमार यादवलाई पक्राउ गरेको थियो ।
पछि अनुसन्धानको सिलसिलामा गाउँपालिका अध्यक्ष उमेशप्रसाद यादव पनि घुस लिने प्रयोजनमा संलग्न भएको भन्दै अख्तियारले पक्राउ गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १९ भदौ २०८०, १५ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर अधिकृतसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा
वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर, एक करोड त्रिचालीस लाख बिगो माग
घुससहित पक्राउ परेका खरिदारविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता
गाउँपालिका अध्यक्षविरुद्धको भ्रष्टाचार मुद्दा सर्वोच्चमा पुनरावेदन
लेखा अधिकृतसहित तिन जनाविरुद्ध भ्रष्टाचार मुद्दा
मेयर बस्नेत भ्रष्टाचार मुद्दामा दोषी ठहर