काठमाडौ । सिटिजन लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदन दिने मंगलबार (भदौ १९ गते) अन्तिम दिन हो । सिटिजनले भदौ १५ गतेदेखि सर्वसाधारणलाई प्रतिकित्ता १४४ रुपैयाँ प्रिमियम थप गरेर २४४ रुपैयाँ दरमा आईपीओ बिक्री खुला गरेको हो । सर्वसाधारणका लागि कुल ९० लाख कित्ता सेयर जारी भएको छ ।
यसमा सोमबार नै मागभन्दा बढी आवेदन परेका कारण मंगलबार बिक्री बन्द हुन लागेको हो । सीडीएसका अनुसार सोमबार साँझ सम्ममा ११ लाख ७७ हजार ४८ जना सर्वसाधारण आवेदकले १ करोड २४ लाख ५० हजार १२० कित्ताका लागि आवेदन दिएका हुन् । यो मागभन्दा १.३८ गुणा बढी आवेदन हो । कुल ३ अर्ब ३ करोड ७८ लाख २९ हजार २८० रुपैयाँ बराबरको आवेदन परेको हो ।
यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १५ लाख कित्ताका लागि आवेदन दिन पाइनेछ । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।
यो आइपीओमा एनआइएमबी एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ । रेटिङ एजेन्सी इक्रा नेपालले यस इन्स्योरेन्सलाई ‘इक्राएनपी ट्रिपल बी इस्यूअर रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको जनाउँछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १९ भदौ २०८०, ०९ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सोपान फर्मास्युटिकल्सको आईपीओमा आजदेखि आवेदन
शिखर पावरको आईपीओ बाँडफाँट
सर्वसाधारणलाई भुजुङ हाइड्रोपावरको आईपीओ खुल्यो
सालपा विकास बैंकको आईपीओ बाँडफाँट
सालपा विकास बैंकको आईपीओ आजदेखि बिक्री खुला
आजदेखि नयाँ आईपीओ खुला