काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकको विद्यमान अवस्थामा व्यक्ति परिवर्तन गरेर समस्या समाधान नहुने भन्दै व्यवस्था र प्रणाली नै परिवर्तन गर्नुपर्ने तर्क गरेका छन् । आज पार्टी प्रवेश कार्यक्रममा बोल्दै थापाले गणतन्त्र , धर्म निरपेक्षता र संघीयताले मुलुकलाई निस्कनै नसकिने दलदलमा फसाएको भन्दै अब यो व्यवस्था र प्रणालीको विकल्प खोज्ने समय आएको समेत बताए।
सिङ्गो राज्यसत्ता भ्रष्टाचारमा लिप्त भएको भन्दै थापाले सरकारको सुशासन र समृद्धिको गफ हावादारी भएको समेत टिप्पणी गरे। "भ्रष्टाचारिलाई कारबाही होइन, सरकार भ्रष्टाचारीको संरक्षक भएर निस्किएको छ, जुन दुर्भाग्यपूर्ण छ" - उनले भने । राजनीतिक दलका नेता, कर्मचारी, बिचौलियाहरूको त्रिकोणात्मक गठजोडले भ्रष्टाचार संस्थागत भएको थापाको दाबी थियो । चुनाव जित्ने, सरकारमा जाने, सत्ता टिकाउने अनि ब्रम्हलुट गर्ने यो दुष्चक्रबाट मुलुकलाई बाहिर निकाल्नुपर्ने आवश्यकता रहेको थापाले चर्चा गरे।
आगामी भाद्र २९ गते काठमाडौंमा हुने विरोध प्रदर्शनको तयारीमा जुट्न पनि सो क्रममा थापाले नव प्रवेशी युवाहरूलाई थापाले आग्रह गरे। सो अबसरमा विशाल विक्रम राणाको नेतृत्वमा दर्जनौँ युवा राप्रपा नेपाल प्रवेश गरेका छन् । साथै राप्रपा गण्डकी प्रदेश सदस्य सुदर्शन केसी पनि राप्रपा नेपाल प्रवेश गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १८ भदौ २०८०, १९ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेस प्रदेशको उदाहरण दिँदै कमल थापाले भने–प्रदेश संरचना तत्काल खारेज गरिनु पर्छ
‘यथास्थितिको चुनावले देशमा परिवर्तन आउँदैन’ : कमल थापा
अब एकताबद्ध हुन ढिला नगरौँ : कमल थापा
राजसंस्था र हिन्दुराष्ट्रलाई बिदेशीको इसारामा एम्बुसमा पारियो : कमल थापा
विपिनका बुवाआमालाई संयुक्त राष्ट्रसङ्घ लैजानु प्रत्युत्पादक हुन सक्छ : कमल थापा
बहुविवाहलाई प्रोत्साहित गर्ने गरी कानुन बनाउनु अनुचित : कमल थापा