काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं सांसद जनार्दन शर्माले रुकुम पश्चिम, जाजरकोट र सल्यानको केही भागमा हावाहुरीसहित ठूलो धनजनको क्षति भएको उल्लेख गर्दै तत्काल राहत र क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।
उपमहासचिव शर्माले सोमबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै उनले यहि भाद्र १७ गते हावाहुरीसहितको अविरल वर्षाका कारण मृत्यु भएको रुकुममा दुई बालिबालिका र जाजरकोटका एक जनाको मृत्युप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै पीडित परिवारलाई उचित राहत र क्षतिपूर्तिको व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराए । उनले त्यसक्रममा त्यहाँ मुख्यबालीको रुपमा रहेको मकैबाली पनि नष्ट भएकाले उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारले ढिलाई गर्न नहुने बताए ।
‘यहि भाद्र १७ गते रुकुम पश्चिम चौरहजारी नगरपालिका केन्द्र भई हावाहुरीसहितको वर्षाले ठूलो जनधनको क्षति भएको छ । खहरेखोलामा आएको बाढीले रत्नबहादुर बुढाथोकीका ८ वर्षीय छोरा मनोज र ४ वर्षीया छोरी भावना बुढाथोकीको खहरे खोलाले बगाएर मृत्यु भएको छ’ उनले भने, ‘त्यसैगरी जाजरकोटमा चटयाङ परी एक जनाको मृत्यु भएको छ । र, चौरहजारी वडा नम्बर १, २ र ३, ६, १२ ८ लगायतका समग्र पालिकाभरी सल्यानको केही भाग र जाजरकोटको यो हावाहुरीसहितको अविरल वर्षाका कारण त्यहाँको मुख्यबाली मकैबाली हो । मकैबाली पूर्ण रुपले नष्ट भएको छ । र, ठूलो क्षति भएको छ । घरको टिनको छाना उडाएर क्षति भएको छ ।’
उपमहासचिव शर्माले पीडितलाई राहत दिने काममा स्थानीय सरकार लागि परेपनि संघीय सरकारले अझै पहल नगरेको गुनासो समेत गरे । ‘उक्त क्षतिबारे आवश्यक राहत र क्षतिपूर्तिका लागि स्थानीय सरकारले पहल गरिराखेको छ’ शर्माले भने, ‘प्रदेश सरकारले पनि आफ्नो ठाउँबाट पहल गर्नेछ । र, विशेष गरेर संघीय सरकारको क्षतिपूर्तिका लागि, राहतका लागि म ध्यानाकर्षण गराउन चाहन्छु ।’ उपमहासचिव शर्माले प्रदेश सरकारले पनि सो घटनाका पीडितलाई तत्काल राहत र क्षतिपूर्तिको आवश्यक व्यवस्था मिलाउने विश्वास समेत व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १८ भदौ २०८०, १३ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनार्दन नेतृत्वको अभियानका केन्द्रीय संयोजन समितिका ३१ जनाको नामलिष्ट सार्वजनिक
जनार्दन नेतृत्वको अभियानका केन्द्रीय संयोजन समितिका ३१ जनाको नामलिष्ट सार्वजनिक
जनार्दन शर्माले आज पत्रकार सम्मेलन गर्दै, प्रदेश संयोजक तोक्ने
विप्लव पार्टीको चुनाव चिन्ह्रमा जनार्दन चुनाव लड्ने !
अन्जना विसंखेले पनि छोडिन जनार्दन शर्माको साथ
वाम प्रगतिशील ध्रुवीकरण घोषणा गर्दै जनार्दन शर्मा