काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले सरकारले क्रिकेट खेलाडीलाई दिने भनेर घोषणा गरेको पैसा तत्काल दिन सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभाको सोमबार भएको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीले बाचा गरे पनि अहिलेसम्म पैसा नदिएको बताए ।
उनले भने, ‘प्रधानमन्त्रीले क्रिकेट खेलाडीलाई नेपालले विभिन्न खेल खेलेपछि अहिलेसम्म १७ लाख दिने भनेर बाचा गर्नुभयो । तर, अहिलेसम्म खेलाडीको खातामा एक रुपैयाँ पनि आएको छैन । भोकभोकै खेलिरहेका छन् । आज भारतसँग नेपालले खेल्दै गर्दा हामी बधाई दिइरहेका छौं । तर, प्रधानमन्त्रीलाई सभामुखमार्फत् भन्न चाहन्छु, प्रधानमन्त्रीले शुभकामना लेख्दै गर्दा ती हातहरुमा कहिलेकाहीं डर लाग्छ कि लाग्दैन ? १७ लाख बाचा गरेको नदिने ? भारतका कप्तान रोहित शर्माले वर्षमा २७ करोड आन्दानी गर्दा नेपालका कप्तान रोहित पौडेलको ७ लाख २० हजारभन्दा बढी छैन । तर पनि क्रिकेट खेलिरहेका छन् ।’
उनले घोषणा गरिएको पैसा दिन कसले रोक्यो भन्दै आक्रोश पोखे । भोको पेटले राष्ट्रवादलाई कसरी कहाँसम्म धान्ने भन्दै उनले प्रश्नसमेत गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १८ भदौ २०८०, १३ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वास्तविक सुकुम्वासीको व्यवस्थापन गर्ने सरकारको नीति स्वागतयोग्य: ज्ञानेन्द्र शाही
‘राप्रपाभित्र एकताको अपिल, फरक विचारप्रति सम्मान आवश्यक’ : ज्ञानेन्द्र शाही
पुराना र नयाँ दलबीच वैचारिक भिन्नता नभएको ज्ञानेन्द्र शाहीको टिप्पणी
रवि लामिछाने र ज्ञानेन्द्र शाहीबीच भेटवार्ता
प्रदेश संरचना खारेज गर्न ज्ञानेन्द्र शाहीको माग
ज्ञानेन्द्र शाहीको आग्रह : 'भ्रष्टाचारका २२ ठुला काण्ड छानबिन होस'