काठमाडौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले 'सिंहदरबारमा आगो लगाइदिन्छु' भन्ने विवादास्पद फेसबुक स्टाटस हटाएका छन् ।
चौतर्फी आलोचना भएपछि शनिबार राति लेखेको विवादास्पद स्टाटस बालेनले सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकबाट हटाएका हुन् ।
आफ्नी श्रीमती सविना काफ्ले चढेको सरकारी गाडीलाई शनिबार ट्राफिक प्रहरीले रोकेर सोधपुछ गरेपछि आक्रोशित बालेनले सिंहदरबारमा आगो लगाउने धम्कीसहित 'फेसबूक स्टाटस' लेखेका थिए ।
ट्राफिक प्रहरीले रोक्दा गाडीमा ड्राइभर र बालेनकी श्रीमती थिए । चेकजाँचका क्रममा रोकेर सोधपुछ गरेपछि आक्रोशित बालेनले अराजक शैलीमा फेसबूक स्टाटस लेखेका थिए।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १८ भदौ २०८०, १० : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जाँचबुझ आयोगमा बालेनले पठाए लिखित जवाफ
रोयटर्सले लेख्यो : 'र्यापर बालेन अब नेपालको प्रधानमन्त्री बन्ने दौडमा'
सुदन गुरुङको प्रशंसा गर्दै बालेनले लेखे मध्यरात यस्तो स्टाटस
बालेनको भागमा ४० जना समानुपातिक उम्मेदवार
रविसँग बालेन र कुलमानको आ– आफ्नै प्रस्ताव
बालेन र डा. बाबुराम भट्टराईबीच भेटवार्ता, के भयो छलफल ?