काठमाडौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले 'सिंहदरबारमा आगो लगाइदिन्छु' भन्ने विवादास्पद फेसबुक स्टाटस हटाएका छन् ।
चौतर्फी आलोचना भएपछि शनिबार राति लेखेको विवादास्पद स्टाटस बालेनले सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकबाट हटाएका हुन् ।
आफ्नी श्रीमती सविना काफ्ले चढेको सरकारी गाडीलाई शनिबार ट्राफिक प्रहरीले रोकेर सोधपुछ गरेपछि आक्रोशित बालेनले सिंहदरबारमा आगो लगाउने धम्कीसहित 'फेसबूक स्टाटस' लेखेका थिए ।
ट्राफिक प्रहरीले रोक्दा गाडीमा ड्राइभर र बालेनकी श्रीमती थिए । चेकजाँचका क्रममा रोकेर सोधपुछ गरेपछि आक्रोशित बालेनले अराजक शैलीमा फेसबूक स्टाटस लेखेका थिए।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १८ भदौ २०८०, १० : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फेसबुकमा सचिवमाथि मजाक गर्दै प्रधानमन्त्रीले भने, ‘मलाई पनि एम्बासडर बन्न मन छ’
बुद्धजयन्तीमा प्रधानमन्त्री शाह लुम्बिनी जाने, सम्बोधन नगर्ने
बालेन शाहविरुद्ध १२ वर्ष पुरानो ‘र्याप ब्याटल’लाई लिएर उजुरी
प्रधानमन्त्री बालेन शाहसँग कति छ सम्पत्ति ?
मन्त्रीको नाम टुंग्याउन छलफलमा जुटे रवि र बालेन
बालेनका लागि सिंहदरबारमा प्रधानमन्त्रीको कार्यकक्ष तयारी पूरा