जुम्लामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

सफल खबर संवाददाता

आइतबार, १७ भदौ २०८०, ११ : ५६
जुम्लामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडौं । जुम्लामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।आज बिहान पौने ७ बजे नाग्म गमगड राजमार्गको कनकासुन्दरी-४ स्थित ठगुनेरामा भे१ज १०९९ नम्बरको जिप दुर्घटना भएको हो ।

दुर्घटनामा चालक र सहचालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी प्रहरी निरीक्षक उमेश चन्दले जानकारी दिए ।मृतकको पहिचान भएको छैन। प्रहरी निरीक्षक चन्दका अनुसार गुठीज्यूलाबाट मुगु जादै गरेको उक्त जिपमा अन्य यात्रु थिइनन् ।

प्रतिक्रिया दिनुहोस