काठमाडौं । परराष्ट्र मन्त्रालयले नेपालको संसदले पारित गरेको चुच्चे नक्सालाई छिमेकी र अन्तर्राष्ट्रिय समुदायले सम्मान गर्नुपर्ने बताएको छ । चीनले हालै सार्वजनिक गरेको नक्सामा नेपालको चुच्चे नक्सा गावब भएपछि यसबारे विभिन्न टिकाटिप्पणी भइरहेको बेला परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत आफ्नो धारणा सार्वजनिक गरेको हो ।
‘सन् २०२० मा नेपालको संसदबाट सर्वसम्मत रुपमा स्वीकृत भएको राजनीतिक र प्रशासनिक नक्सामा नेपाल दृढ र स्पष्ट छ’, परराष्ट्रले विज्ञप्तिमार्फत भनेको छ, ‘यो नक्सालाई हाम्रा छिमेकी र अन्तर्राष्ट्रिय समुदायले सम्मान गर्छन् भन्ने नेपाल सरकारको विश्वास छ ।’ परराष्ट्रले नेपाल सीमा विवाद वार्ता र कूटनीतिबाट समाधान गर्न प्रतिबद्ध रहेको पनि विज्ञप्तिमा उल्लेख गरेको छ

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १५ भदौ २०८०, २० : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इरानमा नियन्त्रणमा परेका नेपाली नागरिक अमृत झाको उद्धार प्रक्रिया जारी रहेको परराष्ट्रको प्रस्टोक्ति
ट्रान्जिटमा रहेका सबै नेपाली गन्तव्यतर्फ पठाइएको परराष्ट्र मन्त्रालयको दाबी
पश्चिम एसियाबाट ६५ हजार ८८६ नेपालीले गरे अनलाइनमा आफ्नो विवरण दर्ता
‘मध्यपूर्वमा रहेका नेपालीसँग सम्पर्कमै छौँ, ट्रान्जिटमा रहेकाहरू सुरक्षित छन्’ : परराष्ट्र मन्त्रालय
परराष्ट्र मन्त्रालयले भन्यो : ‘मध्यपूर्वमा रहेका १७ लाख बढी नेपालीको सुरक्षा सरकारको उच्च प्राथमिकतामा
राहदानीको विषय समाधान उन्मुख छ : परराष्ट्र मन्त्रालय