चुच्चे नक्सालाई छिमेकी र अन्तर्राष्ट्रिय समुदायले सम्मान गर्नुपर्छ : परराष्ट्र मन्त्रालय

सफल खबर संवाददाता

शुक्रबार, १५ भदौ २०८०, २० : ५४
चुच्चे नक्सालाई छिमेकी र अन्तर्राष्ट्रिय समुदायले सम्मान गर्नुपर्छ : परराष्ट्र मन्त्रालय

काठमाडौं । परराष्ट्र मन्त्रालयले नेपालको संसदले पारित गरेको चुच्चे नक्सालाई छिमेकी र अन्तर्राष्ट्रिय समुदायले सम्मान गर्नुपर्ने बताएको छ । चीनले हालै सार्वजनिक गरेको नक्सामा नेपालको चुच्चे नक्सा गावब भएपछि यसबारे विभिन्न टिकाटिप्पणी भइरहेको बेला परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत आफ्नो धारणा सार्वजनिक गरेको हो ।

‘सन् २०२० मा नेपालको संसदबाट सर्वसम्मत रुपमा स्वीकृत भएको राजनीतिक र प्रशासनिक नक्सामा नेपाल दृढ र स्पष्ट छ’, परराष्ट्रले विज्ञप्तिमार्फत भनेको छ, ‘यो नक्सालाई हाम्रा छिमेकी र अन्तर्राष्ट्रिय समुदायले सम्मान गर्छन् भन्ने नेपाल सरकारको विश्वास छ ।’ परराष्ट्रले नेपाल सीमा विवाद वार्ता र कूटनीतिबाट समाधान गर्न प्रतिबद्ध रहेको पनि विज्ञप्तिमा उल्लेख गरेको छ

प्रतिक्रिया दिनुहोस