काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैङ्कले शुक्रवार आईपीओ बाँडफाँड गर्दा ७ लाख ६८ हजार जना सर्वसाधारण आवेदकहरूले १० कित्ताका दरले कम्पनीको सेयर हात पारेका हुन् ।
बाँकी ६ दाख ९८ हजार ८६२ जना आवेदकहरूको हात खाली हुन पुगेको छ । कम्पनीको आईपीओमा कूल १४ लाख ६६ हजार ८६२ जनाले आवेदन दिएका थिए । जसमध्ये ६ हजार ८०१ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक एसबीआई मर्चेन्टले जनाएको छ ।
आवेदन दिएकामध्ये योग्य १४ लाख ६० हजार ६१ जना आवेदकलाई गोला प्रथामा सहभागी गराएर आईपीओ बाँडफाँड गरिएको हो ।कम्पनीले साउन ३२ गतेदेखि भदौ ४ गतेसम्म सर्वसाधारणका लागि कूल ७६ लाख ८० हजार कित्ता आईपीओ प्रिमियम मूल्यमा बिक्री खुला गरेको थियो । कम्पनीले प्रतिकित्ता १३९ रुपैयाँ प्रिमियम थप गरेर २३९ रुपैयाँ दरमा आइपीओ निष्कासन गरेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १५ भदौ २०८०, १६ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्वसाधारणलाई भुजुङ हाइड्रोपावरको आईपीओ खुल्यो
सालपा विकास बैंकको आईपीओ बाँडफाँट
सालपा विकास बैंकको आईपीओ आजदेखि बिक्री खुला
आजदेखि नयाँ आईपीओ खुला
एसवाई प्यानलको आईपीओ आजदेखि बिक्री खुला
बुङ्गल हाइड्रोको आईपीओमा आवेदन दिने अन्तिम दिन