काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीले भदौ १६ र १७ गते मधेस प्रदेशस्तरीय प्रशिक्षण आयोजना गर्ने भएको छ।
पछिल्लो राजनीतिक घटनाक्रम, पार्टी, नीति–सिद्धान्त र दृष्टिकोणमा आधारित रहेर प्रशिक्षण आयोजना गर्न लागिएको राष्ट्रिय स्वतन्त्र पार्टीले जानकारी दिएको छ।
‘हामीले विभिन्न प्रदेशमा प्रशिक्षण चलाइरहेका छौं। त्यही अन्तर्गत मधेसमा प्रशिक्षण भेलाको आयोजना गर्न लागेका हौं,’ पार्टीका उपसभापति डिपी अर्यालले जानकारी दिए।
पार्टी सभापति रवि लामिछाने, प्रशिक्षण विभाग प्रमुख अनील केशरी शाहलगायतले प्रशिक्षण दिने कार्यसूची रहेको रास्वपाले जानकारी दिएको छ।
त्यस्तै भदौ २२ र २३ गते बागमती प्रदेशमा प्रशिक्षण सञ्चालन गरिने उपसभापति अर्यालले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १५ भदौ २०८०, ०९ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाले ३५ हजारभन्दा बढी बालबालिकालाई पार्टीको सदस्य बनाएको भन्दै कांग्रेसको आपत्ति
रास्वपाकाे पदाधिकारीमा काे–काे भए निर्वाचित ? (मतसहित)
रास्वपा सहमहामन्त्रीमा असिम शाह र हरि ढकाल विजयी
रास्वपा महामन्त्रीमा विपिन आचार्य निर्वाचित
रास्वपा उपसभापतिमा सोविता गौतम निर्वाचित
रास्वपा पदाधिकारीमा खस्यो १२८९ मत