काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीले भदौ १६ र १७ गते मधेस प्रदेशस्तरीय प्रशिक्षण आयोजना गर्ने भएको छ।
पछिल्लो राजनीतिक घटनाक्रम, पार्टी, नीति–सिद्धान्त र दृष्टिकोणमा आधारित रहेर प्रशिक्षण आयोजना गर्न लागिएको राष्ट्रिय स्वतन्त्र पार्टीले जानकारी दिएको छ।
‘हामीले विभिन्न प्रदेशमा प्रशिक्षण चलाइरहेका छौं। त्यही अन्तर्गत मधेसमा प्रशिक्षण भेलाको आयोजना गर्न लागेका हौं,’ पार्टीका उपसभापति डिपी अर्यालले जानकारी दिए।
पार्टी सभापति रवि लामिछाने, प्रशिक्षण विभाग प्रमुख अनील केशरी शाहलगायतले प्रशिक्षण दिने कार्यसूची रहेको रास्वपाले जानकारी दिएको छ।
त्यस्तै भदौ २२ र २३ गते बागमती प्रदेशमा प्रशिक्षण सञ्चालन गरिने उपसभापति अर्यालले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १५ भदौ २०८०, ०९ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाद्वारा बालेन्द्र शाहसँगको ‘बृहत एकता’ सहमति केन्द्रीय समितिबाट अनुमोदन
बालेनको ब्यवस्थापनका लागि रास्वपाले विधानमा ‘वरिष्ठ नेता’को पद सिर्जना गर्ने
रास्वपाको समानुपातिकतर्फ ३८७ जना आकांक्षीको अन्तिम सूची सार्वजनिक
सरकारी टोलीद्वारा रास्वपा पार्टी कार्यालय अनुगमन
रवि कारागारबाट बाहिरिएपछि पुराना दलहरू आत्तिए : रास्वपा
जेन जेड अगुवा पुरुषोत्तम यादवले दिए रास्वपा समानुपातिक उम्मेदवारका लागि आवेदन