काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को बारेमा सरकारले नागरिकलाई गुमराहमा राखेको दाबी गरेका छन् ।
बुधबार सिरहाको सर्रे अम्बासमा सुरु हुन लागेको एमालेको सचिवालय बैठकमा सहभागी हुन विराटनगर आइपुगेका ओलीले विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै १२ बुँदे व्याख्यात्मक घोषणा गरेर नेपाली जनतालाई तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्काले ढाँटेको आरोप लगाएका हुन् ।
ओलीले भने ‘तत्कालीन सरकारका प्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीले सांसदलाई धोका दिनुभयो, झुट बोल्नुभयो र प्रभाव पारेर पास गराउने गलत बाटो लिनुभयो । पहिला नै पास गर्दा ठीक हुन्छ÷हुँदैन भनेर छलफल गर्नु पर्थ्यो । तर उहाँहरूले केही गर्नु भएन ।’
अमेरिकी सहायता मिलियन च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना आजदेखि कार्यान्वयनमा जाने भएको छ । आज दिउँसो ३ बजे नेपाल सरकार र एमसीसीबीच कार्यान्वयनमा जाने सम्झौता पत्र आदानप्रदान गरेपछि परियोजना कार्यान्वयनमा जाने भएको हो ।
एमसीसी कार्यान्वयनमा जाने सम्झौता गर्न अमेरिकाबाट उपाध्यक्ष क्यामरुन एलफोर्ड हिजो नै नेपाल आइसकेका छन् । यो परियोजनाले आगामी ५ वर्षमा नेपालमा प्रसारणलाइनसहित रणनीतिक सडक बनाउनेछ । यसका लागि ५० करोड अमेरिकी डलर र नेपालको सरकारको १३ करोड लगानी रहनेछ । यस्तै, ३ सबस्टेसनका लागि ६ करोड ७० लाख डलरसहित ६९ करोड ७० लाख डलर रहनेछ ।
एमसीसी परियोजनाले ३१५ किलोमिटर लामो प्रसारणलाईन निर्माण गर्नेछ । र, यसका लागि १० जिल्लामा १०४ हेक्टर जग्गा अधिग्रहण गर्नुपर्ने छ । तर, हालसम्म ९ जिल्लामा मात्रै तथ्यांक संकलन भएको छ भने आवश्यक्ता अनुसारको जग्गा अधिग्रहण समेत भएको छैन ।
नेपाल सरकार र एमसीसीबीच २०७४ साल भदौमा एमसीसी परियोजना कार्यान्वयन गर्ने सम्झौता भएको थियो । यो सम्झौतामा अर्थ मन्त्रालय र एमसीसीका प्रतिनिधिले हस्ताक्षर गरेका थिए । त्यसपछि लामो समय कार्यान्वयनमा जानेरनजाने भन्ने विवादमा फसेको यो परियोजना २०७८ साल फागुन १५ गते संसदबाट पारित भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १३ भदौ २०८०, १२ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सानीभेरी किनारामा ओलीलाई जनार्दन शर्माको स्वागत
ओलीले गरे भेरी डाइभर्सन आयोजनाको अवलोकन, गुणस्तरीय काम गर्न आग्रह
भेरी बबई डाइभर्सनको अवलोकनपछि ओली : गुणस्तरमा कुनै सम्झौता गर्नु हुँदैन
वर्तमान सरकार चीनको सहयोग लिन डराउँछः केपी ओली
एउटा मान्छे मारेर चुनाव जित्ने संस्कृति भनेको घिनलाग्दो हो : केपी ओली
सेना कर्मचारीलाई तलब खुवाउन सरकारले आन्तरिक ऋण उठाउनु परेको छ : केपी ओली