काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्री र सचिवहरू मुद्दा मामिलाको डरले निर्णय गर्न नै डराउने अवस्था आएको बताएका छन्।
सोमबार राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सरकारका मन्त्री, सचिव र कर्मचारीहरू निर्णय गर्न नै डराउने अवस्था आएको बताएका हुन्।
उनले सचिवहरूमा कुनै निर्णय गरे मुद्दा, मामिलाका कारण अदालत जानुपर्ने हो कि भन्ने आतङ्क छाएको बताए।
उनले भने, ‘आजभोलि त गम्भीर स्थिति के भएको देखिएको छ भने अब हाम्रा कर्मचारीहरू, सचिवहरू, मन्त्रीहरू सबै पनि अब निर्णय गर्नुभन्दा निर्णय नगर्नु जाति भन्ने मानसिकता आउने हो कि भन्ने एउटा खतरा पैदा भएको छ। सचिवज्यूहरू निर्णय गर्यो भने अदालतमा जानुपर्ने, मुद्दा मामिलामा जानुपर्ने भनेर एउटा आतङ्कजस्तो बनेको छ।’
व्यवसायीहरू पनि व्यवसायमा अगाडि बढ्दै जाँदा मुद्दा, मामिलामा फसिन्छ कि भनेर आतङ्कित हुने खतरा रहेको उनले उल्लेख गरे।
उनले देशको परम्परागत ऐन, कानून र परम्पराले देशको विकास हुन नसक्ने भन्दै यसलाई परिवर्तन गर्नुपर्ने आवश्यकता औँल्याए। उनले ऐन, कानून र परम्पराको डोरीमा बाँधिएर परिणाममुखी काम गर्न नसकिएको उल्लेख गरे।
उनले निजी क्षेत्र र विदेशी पुँजीलाई आकर्षक सुविधा नदिने र विश्वासमा नलिने हो भने देशको विकास नहुने बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ११ भदौ २०८०, २० : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लुम्बिनी प्रदेशमा प्रधानमन्त्रीले गरिन् निर्वाचन तयारीबारे छलफल
प्रधानमन्त्रीद्वारा गण्डकी प्रदेशमा निर्वाचन तयारीको स्थलगत अनुगमन
लोकतन्त्रलाई जीवनशैली बनाउन नेतृत्व तहबाटै चुक्यौँ : प्रधानमन्त्री कार्की
प्रधानमन्त्री कार्कीले गरिन ताप्लेजुङ पाथीभरामा पूजाअर्चना
राष्ट्रियसभामा मुस्लिम आयोगको प्रतिवेदन प्रस्तुत गर्दै प्रधानमन्त्री
राष्ट्रियसभा बैठक: प्रधानमन्त्री कार्कीले आज चलचित्र विधेयक पेस गर्ने