काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादव चीन भ्रमण सकेर स्वदेश फिर्ता भएका छन् । गत २९ साउनमा सातौं चीन–दक्षिण एसिया प्रदर्शनी तथा २७औं चीन कुनमिङ आयात–निर्यात मेलामा सहभागी हुन उपराष्ट्रपति यादव चीन प्रस्थान गरेका थिए ।
चीनको कुनमिङबाट नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै सोमबार अपरान्ह उपराष्ट्रपति स्वदेश फिर्ता भएका हुन् ।
उपराष्ट्रपति यादवको स्वागतका लागि सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासहित मन्त्रिपरिषद्का सदस्यलगायत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०४ भदौ २०८०, २० : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रपतिको अनुपस्थितिमा उपराष्ट्रपतिबाट कार्य सम्पादन गर्नेगरी जिम्मेवारी
समावेशी सिद्धान्तमा आधारित समाज निर्माण गर्ने सङ्कल्प गरौँ : उपराष्ट्रपति
भेनेजुएलाको कार्यकारी राष्ट्रपतिको जिम्मेवारी उपराष्ट्रपति रोड्रिगेजलाई
उपराष्ट्रपति यादव युएईको स्वागत समारोहमा सहभागी
भियतनामका उपराष्ट्रपति आज नेपाल आउँदै
जलवायु परिवर्तनका चुनौतीको समयमै समाधान गरौँ : उपराष्ट्रपति यादव