काठमाडौ । नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा १२ वटा कम्पनीले आईपीओ निष्कासन गर्न अनुमति पर्खेर बसेका छन् । जसमध्ये ३ वटा कम्पनी हाइड्रोपावर समूह अन्तर्गतका छन् । बाँकी सबै रियल सेक्टरका कम्पनीहरु हुन् ।
बोर्डले गत आर्थिक वर्षमा ४२ वटा कम्पनीलाई आइपीओ जारी गर्न अनुमति दिएको थियो । जसमध्ये २९ वटा हाइड्रोपावर कम्पनीहरुले अनुमति प्राप्त गरेका थिए । बाँकी इन्सुरेन्स देखि रियल सेक्टरका कम्पनीहरु थिए ।
गत वर्ष हाइड्रोपावर कम्पनीहरुले लगातार अनुमति पाएका कारण पनि हाल स्वीकृति पर्खेर बस्नेको संख्यामा कमी आएको हो ।
स्वीकृति कुरेर बसेका मध्ये प्रायः अन्य समूह अन्तर्गतका कम्पनीहरु छन् । ७ वटा कम्पनी यस क्षेत्रका छन् । २ वटा उत्पादन तथा प्रशोधन समूहका छन् । जसअन्तर्गत सर्वोत्तम र रिलायन्स स्पिनिङ मिल्सले बुक बिल्डिङ विधिमार्फत आइपीओ जारी गर्ने अनुमति मागेका हुन् । हाल टिभी, औषधि लगायतका कम्पनीहरुले साधारण सेयर निष्कासन गर्न अनुमति मागेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०३ भदौ २०८०, ११ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सालपा विकास बैंकको आईपीओ आजदेखि बिक्री खुला
आजदेखि नयाँ आईपीओ खुला
एसवाई प्यानलको आईपीओ आजदेखि बिक्री खुला
बुङ्गल हाइड्रोको आईपीओमा आवेदन दिने अन्तिम दिन
स्वस्तिक लघुवित्तको आईपीओ आजदेखि बिक्री खुला
सागर डिष्टिलरीको आईपीओ खुला