काठमाडौं । नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या ४०.३ प्रतिशतले बढेको जनाएको छ ।
नेपाल राष्ट्र बैंकले शुक्रबार देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गर्दै समीक्षा वर्षमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४०.३ प्रतिशतले वृद्धि भई ४ लाख ९७ हजार ७०४ पुगेको जनाएको छ ।
त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा वर्षमा १.८ प्रतिशतले कमी आई २ लाख ७७ हजार २७२ पुगेको छ ।
अघिल्लो वर्ष यस्तो संख्या १९८.५ प्रतिशतले बढेको थियो। समीक्षा वर्षमा खुद ट्रान्सफर २०.६ प्रतिशतले वृद्धि भई १३ खर्ब ४८ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो ट्रान्सफर ४.३ प्रतिशतले बढेको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०२ भदौ २०८०, १९ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
केन्द्रीय बैंकले ७ अर्ब रुपैयाँ बराबरको ८ वर्षे विकास ऋणपत्र जारी गर्ने
राष्ट्र बैंकले गर्याे पुनः १६ अर्ब चार करोड रुपैयाँँको ट्रेजरी आव्हान
बैंकहरुले धेरै ब्याज लिएको भए उजुरी गर्नुस् : गभर्नर अधिकारी
बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकको एकीकृत संशोधन
हायर पर्चेज कम्पनीले २५ भन्दा बढी पेनाल ब्याज लिन नपाउने
विदेशी मुद्राको सञ्चिति १६ खर्ब ४३ अर्ब, एक वर्षको आयात धान्ने