काठमाडौं । विहीबारदेखि सन नेपाल लाईफको प्राथमिक सेयर (आईपीओ) बिक्री खुलाएको छ । कम्पनीले आजदेखि सर्वसाधारणलाई जारी पूँजी ३ अर्ब २० करोडको ३० प्रतिशत बराबरको सेयर बिक्री खुलाएको हो ।इन्स्योरेन्सले १०० रुपैयाँ अंकित ९६ लाख कित्ता सेयरमा १३९ रुपैयाँ प्रिमिय मूल्य थपेको छ ।
यससँगै, सर्वसाधारणले कम्पनीको आईपीओ खरिद गर्न प्रतिकित्ता २३९ रुपैयाँ लगानी गर्नुपर्छ । कम्पनीले वैदेशिक रोजगारीमा पुगेका नेपालीहरुलाई आईपीओ बाँडफाँड गरिसकेको छ ।वैदेशिक रोजगारीमा जानेहरुका लागि सर्वसाधारणलाई छुट्याइएको सेयरको १० प्रतिशत अर्थात ८ लाख ६० हजार कित्ता सेयर बिक्री गरिसकेको हो ।
सामूहिक लगानी कोषलाई ५ प्रतिशत र कर्मचारीलाई ५ प्रतिशत सेयर छुट्याइएको छ ।बाँकी रहेको ७६लाख ८० हजार कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन्। सेयरको बिक्री प्रबन्धकमा एसबीआई क्यापिटल रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३२ साउन २०८०, १३ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सोपान फर्मास्युटिकल्सको आईपीओमा आजदेखि आवेदन
शिखर पावरको आईपीओ बाँडफाँट
सर्वसाधारणलाई भुजुङ हाइड्रोपावरको आईपीओ खुल्यो
सालपा विकास बैंकको आईपीओ बाँडफाँट
सालपा विकास बैंकको आईपीओ आजदेखि बिक्री खुला
आजदेखि नयाँ आईपीओ खुला