बालिकामाथि यौन दुर्व्यवहार गर्ने प्रहरी जवानलाई संरक्षण गर्न खोजेको भन्दै राजमार्ग अवरुद्ध

सफल खबर संवाददाता

बुधबार, ३१ साउन २०८०, १३ : ४०
बालिकामाथि यौन दुर्व्यवहार गर्ने प्रहरी जवानलाई संरक्षण गर्न खोजेको भन्दै राजमार्ग अवरुद्ध

काठमाडौं। धनुषामा एक प्रहरी जवानमाथि बालिकालाई यौन दुर्व्यवहार गरेको आरोप लागेको छ। लालगढ प्रहरी चौकीका जवान रुपेश चौधरीले मंगलबार राति करिब १० बजेतिर स्थानीय १४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको जिल्ला प्रहरी कार्यालयले धनुषाले जनाएको छ।

मदिरा सेवन गरेर हिँडेका उनले बालिकालाई ‘केही कुरा भन्नू छ’  भन्दै बोलाएर यौन दुर्व्यवहार गरेको जिल्ला प्रहरी कार्यालयका एक प्रहरीले बताए।

आरोपी प्रहरी जवान चौधरीलाई प्रहरीले संरक्षण गर्न खोजेको भन्दै मिथिला नगरपालिका-९ ललागढ स्थित प्रहरीचोकी घेर्दै स्थानीयले राजमार्ग समेत अवरुद्ध गरेका छन्। स्थानीयले आधा घण्टा राजमार्ग अबरुद्ध गरेका थिए।अहिले राजमार्ग खुलएर अवस्था नियन्त्रणमा लिइएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी वेद प्रसाद गौतमले बताए।

प्रतिक्रिया दिनुहोस