मध्यपहाडी लोकमार्ग आयोजनाका इन्जिनियर हरिकुमार पोखरेल यौन दुर्व्यवहार कसुरमा दोषी ठहर

सफल खबर संवाददाता

आइतबार, ०१ असार २०८२, १३ : ०१
मध्यपहाडी लोकमार्ग आयोजनाका इन्जिनियर हरिकुमार पोखरेल यौन दुर्व्यवहार कसुरमा दोषी ठहर

काठमाडौँ । मध्यपहाडी लोकमार्ग आयोजनाका इन्जिनियर हरिकुमार पोखरेललाई यौन दुर्व्यवहार कसुरमा काठमाडौँ जिल्ला अदालतले दोषी ठहर गरेको छ। न्यायाधीश खिमानन्द भुषालको इजलासले शुक्रबार गरेको अन्तिम आदेशमा पोखरेललाई यौन दुर्व्यवहार कसुरमा दोषी ठहर गरिएको हो। यद्यपि, बलात्कारको अभियोगमा भने दाबी नपुग्ने आदेश भएको छ।

पोखरेलमाथि आफ्नै घरमा काम गर्ने एक युवतीलाई बलात्कार गरेको आरोप लागेको थियो। प्रहरीले २०८० साउन १२ गते त्रिपुरेश्वरस्थित उनको निवासबाट उनलाई पक्राउ गरेको थियो।

जिल्ला प्रहरी परिसर काठमाडौँले पोखरेलविरुद्ध बलात्कार कसुरमा मुद्दा दायर गरेको थियो। उक्त मुद्दा २०८० भदौ ५ गते जिल्ला अदालतमा दर्ता भएको थियो।अदालतले बलात्कारको आरोपलाई यौन दुर्व्यवहारमा परिणत गर्दै पोखरेललाई सो कसुरमा दोषी ठहर गरेको हो।

 

प्रतिक्रिया दिनुहोस