काठमाडौं । कक्षा १२ को यस वर्षको नतिजा सार्वजनिक भएको छ । गएको वैशाख २६ गतेदेखि जेठ ५ गते सञ्चालित कक्षा १२ को परीक्षाको नतिजा मंगलबार सार्वजनिक गरिएको हो ।
राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष १२ मा ५१.९१ प्रतिशत मात्र ग्रेडेड (उतीर्ण) भएको जनाएको छ । ४९. ०९ प्रतिशत परीक्षार्थी नन ग्रेडेड भएको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिनु भएको छ ।
परीक्षा बोर्डले ३५ प्रतिशत भन्दा कम अंक ल्याउनेलाई नन ग्रेडेडमा राख्दै आएको छ । नन ग्रेडेड भएकाहरुले माथिल्लो तह अध्ययन गर्न पाउने छैनन् । उनीहरुले पुन ग्रेडवृद्धिको परीक्षा दिनुपर्नेछ ।
कक्षा १२ नियमित र ग्रेडवृद्धि गरी ४ लाख ४८ हजार विद्यार्थी सहभागी भएका थिए यस पटक नतिजा गत वर्षमा भन्दा ३ प्रतिशतले सुधार भएको बोर्डको दाबी छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३० साउन २०८०, १९ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कक्षा १२ को मौका परीक्षा अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगित
कक्षा १२ को ग्रेड वृद्धि परीक्षा भदौ २८ र २९ गते
कक्षा १२ को नतिजा सार्वजनिक
कक्षा १२ को नतिजा आजै आउने संभावना, अन्तिम तयारीमा जुट्यो बोर्ड
कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी
कक्षा १२ को परीक्षामा ७३ वर्षीया छात्राको सहभागिता