कक्षा १२ को ग्रेड वृद्धि परीक्षा भदौ २८ र २९ गते

सफल खबर संवाददाता

सोमबार, १९ साउन २०८२, १८ : ३७
कक्षा १२ को ग्रेड वृद्धि परीक्षा भदौ २८ र २९ गते

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेड वृद्धि परीक्षा आगामी भदौ २८ र २९ गते गर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले आगामी भदौ २८ र २९ गते ग्रेड वृद्धि परीक्षा हुने जानकारी गराए ।

आज मात्रै कक्षा १२ को परीक्षाको नजिता सार्वजिनक भएको छ । सो क्रममा उनले ग्रेड वृद्धि परीक्षाबारे जानकारी गराएका हुन् ।

सार्वजनिक नतिजा अनुसार कक्षा १२ मा ६१.१७ प्रतिशत उत्तीर्ण भएका छन् । त्यस्तै, ३८.८३ विद्यार्थी ननग्रेड भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस