काठमाडौँ। अपर लोहोरे खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट भएको छ । यसमा गोलाप्रथामार्फत् १ लाख ९५ हजार ३२७ जनाले सेयर पाएका छन् ।जसमध्ये ९ जनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर पाएका हुन् । यो आईपीओका लागि कुल १३ लाख ६१ हजार १५४ जनाले आवेदन दिएकामा १२ लाख ८३ हजार ५९६ जनाको आवेदन मात्र योग्य ठहरिएको बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलले जानकारी गराएको छ ।
यस कम्पनीले साउन १८ गतेदेखि २२ गतेसम्म जारी पुँजी ५० करोड ९८ लाख ४ हजार रुपैयाँको (१९ लाख ८८ हजार २३६ कित्ता) साधारण सेयर बिक्रीमा ल्याएको थियो । यसमध्ये १ लाख ९८ हजार ८२४ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री गरिएको हो । यसैगरी, कर्मचारीलाई ३९ हजार ७६५ कित्ता र सामूहिक लगानी कोषका लागि ९९ हजार ४१२ कित्ता सेयर छुट्याइएको थियो । बाँकी १९ लाख ५३ हजार २७९ कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका थिए ।
लगानीकर्ताले आईपीओ बाँडफाँटको नतिजा बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल र अप्पर लोहोरे खोला हाइड्रोपावरको वेबसाइटबाट हेर्न सक्नेछन् । साथै, मेरोसेयर एप र सीडीएस एन्ड क्लियरिङले आइपीओ नतिजा हेर्न बनाएको वेबसाइटबाट पनि रिजल्ट थाहा पाउन सकिन्छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३० साउन २०८०, १० : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्वसाधारणलाई भुजुङ हाइड्रोपावरको आईपीओ खुल्यो
सालपा विकास बैंकको आईपीओ बाँडफाँट
सालपा विकास बैंकको आईपीओ आजदेखि बिक्री खुला
आजदेखि नयाँ आईपीओ खुला
एसवाई प्यानलको आईपीओ आजदेखि बिक्री खुला
बुङ्गल हाइड्रोको आईपीओमा आवेदन दिने अन्तिम दिन