म्यानचेस्टर युनाइटेडको सुखद सुरुवात

एजेन्सी

मंगलबार, ३० साउन २०८०, ०८ : २४
म्यानचेस्टर युनाइटेडको सुखद सुरुवात

एजेन्सी । प्रिमियर लिग सिजनको आफ्नो पहिलो खेलमा जित्दै म्यानचेस्टर युनाइटेडले सुखद सुरुवात गरेको छ। 

सोमबार राति घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडले वुल्भरह्याम्प्टनलाई १–० ले हराएको हो।

खेलको ७६औं मिनेटमा डिफेन्डर राफेल भरानले गरेको गोल निर्णायक बन्यो। वान बिसाकाको पासमा फर्नान्डेजले हेडर गोल गरे। 

जितसँगै म्यानचेस्टर सातौं स्थानमा छ। पराजित वुल्भ्स १७औं स्थानमा पुगेको छ। न्युक्यासल शीर्ष र ब्राइटन दोस्रो स्थानमा छन्।