दाङ । रोल्पामा बस दुर्घटना हुँदा तीन गम्भीर घाइते भएका छन् ।रोल्पाको बागमाराबाट दाङको घोराहीतर्फ आउँदै गरेको ना ५ ख २६१२ नम्बरको बस शहीद मार्ग अन्तर्गत त्रिवेणी गाउँपालिका- ७ मा तिलाबजार नजिकै मंगलबार दिउँसो १ बजे दुर्घटना भएको हो ।
दुर्घटनामा दुई जना पुरुष र एक जना महिला गरी तीन जना घाइते गम्भीर भएको जिल्ला प्रहरी कार्यालयका रोल्पाका डीएसपी श्याम सारुमगरले जानकारी दिए । उनीहरुलाई रोल्पाकै रेउघास्थित स्वास्थ्य चौकीमा पठाइएको प्रहरीले जनाएको छ ।
बस सडकदेखि करिब १ सय मिटर तल खसेको छ । अन्य घाइतेको उद्धार कार्य भइरहेको छ । बसमा करिब १० जना सवार रहेको र उनीहरुलाई सामान्य चोटपटक लागेको डीएसपी सारु मगरले बताए ।घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २३ साउन २०८०, १४ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पेरुको जुनिन क्षेत्रमा बस दुर्घटना: कम्तीमा १८ जनाको मृत्यु, २४ जना घाइते
काभ्रेमा बस दुर्घटना, २३ जना घाइते
मेलम्चीमा बस दुर्घटना, ८ जना घाइते
श्रीलङ्कामा बस दुर्घटना : २१ तीर्थयात्रीको मृत्यु, १४ गम्भीर घाइते
धनकुटामा बस दुर्घटना हुँदा एकजनाको मुत्यु, १४ जना घाइते
शिक्षकहरू चढेको बस दुर्घटना, १६ जना घाइते