दाङ । रोल्पामा बस दुर्घटना हुँदा तीन गम्भीर घाइते भएका छन् ।रोल्पाको बागमाराबाट दाङको घोराहीतर्फ आउँदै गरेको ना ५ ख २६१२ नम्बरको बस शहीद मार्ग अन्तर्गत त्रिवेणी गाउँपालिका- ७ मा तिलाबजार नजिकै मंगलबार दिउँसो १ बजे दुर्घटना भएको हो ।
दुर्घटनामा दुई जना पुरुष र एक जना महिला गरी तीन जना घाइते गम्भीर भएको जिल्ला प्रहरी कार्यालयका रोल्पाका डीएसपी श्याम सारुमगरले जानकारी दिए । उनीहरुलाई रोल्पाकै रेउघास्थित स्वास्थ्य चौकीमा पठाइएको प्रहरीले जनाएको छ ।
बस सडकदेखि करिब १ सय मिटर तल खसेको छ । अन्य घाइतेको उद्धार कार्य भइरहेको छ । बसमा करिब १० जना सवार रहेको र उनीहरुलाई सामान्य चोटपटक लागेको डीएसपी सारु मगरले बताए ।घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २३ साउन २०८०, १४ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वीपी राजमार्गमा भएको बस दुर्घटनाबारे अध्ययन गर्न छानबिन समिति गठन
वीपी राजमार्गमा बस दुर्घटना, उद्धार कार्य जारी
रामेछाप बस दुर्घटनाबारे गृहमन्त्रीले लिए उपचाररत घाइतेको अवस्थाबारे जानकारी
धादिङ बस दुर्घटना: मृत्यु हुनेको संख्या १९ पुग्यो, नौ जनाको पहिचान
धादिङ बस दुर्घटना : गृह मन्त्रालयद्वारा छानबिन समिति गठन
तामाकोसी बस दुर्घटनामा बेपत्ता भएका दुईमध्ये एक बालकको शव ७ दिनपछि भेटियो