काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लेखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सेवाग्राहीसँग घुस लिएको आरोपमा मोरङको सुन्दरहरैचा नगरपालिकाका लेखा अधिकृत शेखर ढकालविरुद्ध २ लाख बिगो कायम गर्दै आज विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो ।
लेखा अधिकृत ढकालले नगरपालिका तथा वडा कार्यालयहरूमा भएको मर्मत सम्भार कार्यको भुक्तानी दिने प्रयोजनको लागि सेवाग्राहीसँग दुई लाख रुपैयाँ घुस लिएको अख्तियारको दाबी छ ।
लेखा अधिकृत शेखर ढकाललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम २ लाख रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम जरिवानाको सजाय र सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम कैद सजाय हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौँमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १९ साउन २०८०, १४ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गैरकानुनी रूपमा एक करोड बढी आर्जन गर्ने नापी अधिकृतविरुद्धको मुद्दा सर्वोच्चमा पुनरावेदन
भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको संख्या तेब्बरले वृद्धि
घुससहित पक्राउ परेका अधिकृत र बिचौलियाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशकसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
रास्वपाका उम्मेदवार चौधरीसहित नौ जनालाई अख्तियारले बोलायो