काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीले बझाङका संयोजक नगेन्द्र खड्काको निलम्बन फुकुवा गरेको छ । पत्रकार सुनिल मण्डेललाई आक्रमण गरेको आरोप लागेका उनलाई जिल्ला संयोजकबाट हटाइएको थियो । पार्टीले गरेको छानबिनका क्रममा खड्का दोषी नदेखिएकाले पदमा पुनर्बहाली गरिएको रास्वपाले जनाएको छ ।
पार्टीको आज बसेको केन्द्रीय समितिको बैठकले रुपन्देहीमा पार्टी कार्यकर्ता विच भएको झगडा संलग्न दामोदर खत्रीलाई तीन महिनाको लागि निलम्बन गरेको छ । खत्री पार्टीमा फर्कन चाहेर सोही अनुसार योगदान गरेको पुष्टि भए तिन महिनापछि पार्टीले निलम्बन फुकुवा गर्ने निर्णय लिन सक्ने बताइएको छ ।
बैठकले केन्द्रीय अनुशासन आयोगको नियमावली पारित गरेको छ । नियमावली पारित भएसँगै पार्टी हित विपरीत कार्य गर्नेका लागि अनुशासनको कारबाही गर्ने विधि तय भएको पार्टी प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।
बैठकले पार्टी दस्ताबेज तयार गर्नका लागि १७ जनाको टोलीलाई गाउँ पठाउने निर्णय गरेको छ । टोली १५ दिन जनता माझ गएर मतदाताको अपेक्षा बुझ्ने ढकालले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १८ साउन २०८०, २१ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाका जिल्ला अधिवेशन आजदेखि सुरु हुँदै
रास्वपाद्वारा ७७ वटै जिल्लामा अधिवेशनका लागि निर्वाचन समिति गठन
भारतको पाँच दिने भ्रमण सकेर रास्वपा सभापति लामिछाने नेपाल फर्किए
तनहुँका नौ पालिकामा रास्वपाको नयाँ नेतृत्व
रास्वपा सचिवालय बैठक बस्दै, यी हुन् छलफलका विषय
रास्वपा सभापति रवि लामिछाने भारत भ्रमणमा जाँदै