दुई बालिकामाथि करणी प्रयासको आरोपमा युवा पक्राउ

सफल खबर संवाददाता

विहीबार, १८ साउन २०८०, १३ : १२
दुई बालिकामाथि करणी प्रयासको आरोपमा युवा पक्राउ

रुपन्देही । दुई बालिकामाथि एकैरात करणी प्रयास गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय पाल्पाले एक युवालाई नियन्त्रणमा लिएको छ । तानसेन नगरपालिका वडा नं ४ पाँडेखर्क बस्ने २२ वर्षीय विशाल ठडराईलाई यो विषयमा अनुसन्धानका लागि पक्राउ गरेको प्रहरीले जनाएको छ ।

ठडराईले गएको आइतबार रातिको समयमा अन्दाजी करिब ९ बजे तानसेन बस्ने ११ वर्षीया बालिकालाई जवर्जस्ती करणीको प्रयास गरेका थिए भने सोही राती तानसेनकै १३ वर्षीया बालिकालाई रातको करिब १ बजेको समयमा करणी प्रयास गरेका थिए ।

पीडितको जाहेरीको आधारमा आरोपित युवालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक विरेन्द्र थापाले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस