काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज (बिहीबार) केन्द्रीय समितिको बैठक राख्ने भएको छ।
आज अपराह्न ४ बजे बस्नेगरी केन्द्रीय समितिको बैठक बोलाइएको रास्वपाका उपसभापति डोलप्रसाद अर्यालले नेपालखबरलाई जानकारी दिए।
‘समसामयिक विषयमा छलफल गर्न लागिएको हो’, उपसभापति अर्यालले भने, ‘अपराह्न् ४ बजे पार्टी कार्यालयमा बस्छ।’
रास्वपामा पार्टीको राजनीतिक दस्तावेजबारे छलफल जारी छ। पार्टीको नीति विभागले मस्यौदा गरेको दस्तावेजलाई अन्तिम रूप दिन रास्वपाले १७ सदस्यीय कार्यदल गठन गरेको छ।
यस्तै रास्वपाले आगामी मंसिरमा पार्टीको पहिलो महाधिवेशन आयोजना गर्ने तयारी गरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिमा ३९ सदस्य छन्। रास्वपाको विधानमा भने केन्द्रीय सदस्यको संख्या १ सय २१ रहने भनिएको छ।
बाँकी सदस्य मधेसी, जनजाति, पछाडि पारिएको क्षेत्र आदिबाट पूर्ति गरिने रास्वपाले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १८ साउन २०८०, ०९ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आतंकवादविरुद्ध सरकारको अडानको रास्वपाले गर्यो स्वागत
जीवी राईलाई अहिलेसम्म किन पक्राउ नगरेको भन्दै सरकारलाई रास्वपाको प्रश्न
रास्वपाद्वारा रेशम चौधरी पक्राउप्रति न्यायिक छानिबन गर्न माग
तोकिएकै समयमा अधिवेशन गर्न रास्वपाको निर्देशन
सरकारले शिक्षकहरूमाथि शक्ति प्रदर्शन गरेको भन्दै रास्वपाले जनायो आपत्ति
रास्वपाले तोक्यो ७ प्रादेशिक इन्चार्ज