काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको नाम लिँदै सत्ताको फोहाेरी खेलमा नलागी आन्दोलनको लागि सडकमा आउन आग्रह गरेका छन् । आज पार्टी केन्द्रीय कार्यालयमा आयोजित स्वागत समारोहमा बोल्दै थापाले पार्टीको महाधिवेशनबाट पारित मार्गदर्शनअनुसार सत्ता केन्द्रित नभई विचार र आदर्श केन्द्रित भएर राप्रपा अघि बढे नेतृत्वमा पनि समस्या नहुने स्पष्ट पारे ।
थापाले भने, ‘संघीय गणतन्त्रको नाममा अहिले कायम रहेको भ्रष्ट व्यवस्थाको लागि जनआन्दोलनको विकल्प छैन ।राप्रपाले सडकमा आउने हिम्मत गरोस् । हामी सँगै आन्दोलनमा जान तयार छौँ । नेतृत्व समस्याको विषय हुँदैन ।’
थापाले केशरबहादुर बिष्ट ,दुर्गा प्रसाईं , किशोरी महतो लगायत विभिन्न समुहमा रहेका शक्तिहरुलाई पनि एकताबद्ध भएर आन्दोलनको आधिबेहरी सृजना गर्ने अभियानमा संलग्न हुन आह्वान गरे । ‘अहिले हामीलाई आन्दोलन चाहिएको छ, निकास चाहिएको छ, विकास चाहिएको छ, भ्रष्टाचारको अन्त्य हाम्रो चाहना हो,’ भदै थापाले भने, ‘ अहिले हामी सबै यो आन्दोलनको सिपाहीको रुपमा रहने र पद प्रतिष्ठा गौण विषय हाे ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १७ साउन २०८०, १६ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अब एकताबद्ध हुन ढिला नगरौँ : कमल थापा
राजसंस्था र हिन्दुराष्ट्रलाई बिदेशीको इसारामा एम्बुसमा पारियो : कमल थापा
विपिनका बुवाआमालाई संयुक्त राष्ट्रसङ्घ लैजानु प्रत्युत्पादक हुन सक्छ : कमल थापा
बहुविवाहलाई प्रोत्साहित गर्ने गरी कानुन बनाउनु अनुचित : कमल थापा
मुलुक भ्रष्टाचारको आहालमा डुब्यो, अब राजसंस्था चाहिन्छ : कमल थापा
पत्रकार पाठकलाई पक्राउ पुर्जीप्रति कमल थापाको आपत्ति