काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको जनाएको छ । महासंघले आजको मूल्यसूची तय गर्दै सुनको मूल्य तोलामा ६०० रुपैयाँ र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको जनाएको हो ।
यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ४०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ८५० रुपैयाँ कायम छ । हिजो मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख १३ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार ४५० रुपैयाँ थियो ।
हिजो मंगलबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको थियो । सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ६०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार ५० रुपैयाँ कायम थियो ।
यस्तै, आज चाँदीको मूल्य समेत तोलामा १५ रुपैयाँ घटेको छ । यससँगै, आज चाँदीको मूल्य तोलामा १४ सय ६० रुपैयाँ कायम छ । हिजो मंगलबार छापावाल सुनको मूल्य तोलामा १४ सय ७५ रुपैयाँ कायम थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १७ साउन २०८०, ११ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मुल्य साढे २ लाख नाघ्यो, कति छ आज तोलाको ?
एकै दिन ४ हजार नौ सयले बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?