प्रधानमन्त्री प्रचण्डलगायतका नेताहरूको उपस्थितिमा समाजवादी विद्यार्थी मोर्चा गठन हुँदै

सफल खबर संवाददाता

आइतबार, १४ साउन २०८०, १२ : ५५
प्रधानमन्त्री प्रचण्डलगायतका नेताहरूको उपस्थितिमा समाजवादी विद्यार्थी मोर्चा गठन हुँदै

काठमाडौं। समाजवादी विद्यार्थी मोर्चा गठन हुने भएको छ ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायतका नेताहरूको उपस्थितिमा आज समाजवादी विद्यार्थी मोर्चा गठन गर्न लागिएको हो ।

 

हिमालयन कलेज अफ इन्जिनियरिङ, च्यासलमा दिउँसो १ बजे विद्यार्थी मोर्चा गठन गर्ने कार्यक्रम रहेको छ ।हालै गठन भएको मोर्चाको नेतृत्व अहिले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस